Techie IT
  • सोमबार, चैत्र ९, २०८२ / Monday, March 23, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारनवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने

समाचार

नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने


काठमाडौं—नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा वैज्ञानिक महावीर पुनले पद्भार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै पुनले केशरमहलस्थित शिक्षा मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पुनले आफू जहाँ काम गर्छु त्यही बस्ने भन्दै मन्त्रालयमै खाटको व्यवस्था गर्न भनेका छन् । ‘अहिलेसम्म म जहाँ काम गर्छु, त्यही बस्ने गरेको छु,’ उनले भने, ‘मलाई यही मन्त्रालयको एक कोठामा खाटको व्यवस्था गर्नुहोला, यही सुत्छु ।’ उनले आफू खाना पनि मन्त्रालयमै खाने बताए ।

नवनियुक्त शिक्षामन्त्री पुनले आफूले सरकारी गाडी सरकारी कामका लागि मात्रै प्रयोग गर्ने बताए । उनले सरकारले उपलब्ध गराउने सेक्युरिटी पनि आफूले नलिने घोषणा गरे ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट