Techie IT
  • शुक्रबार, वैशाख ४, २०८३ / Friday, April 17, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचाररिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर

रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर


काठमाडौं । रिलायन्स इन्टरनेशनल एकेडेमी, चाबहिलले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगितामार्फत उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसँगै कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने जनाएको छ ।

यस वर्षको निबन्ध प्रतियोगिताको विषय “समयको माग : सुशासन र भ्रष्टाचारमुक्त नेपाल” राखिएको छ । सहभागी विद्यार्थीहरूले नेपाली वा अंग्रेजी भाषामध्ये कुनै एक भाषामा अधिकतम ३०० शब्दभित्र निबन्ध तयार गरी पठाउन सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले वैशाख १ गतेदेखि ३० गतेसम्म निबन्ध पठाउन सक्नेछन् । प्राप्त निबन्धमध्ये उत्कृष्ट छनोट गरी नतिजा कलेजको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुने विद्यार्थीले १५ हजार रुपैयाँ नगदसहित कक्षा ११ र १२ अध्ययनका लागि भर्ना तथा शुल्कमा शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । दोस्रो हुनेले १० हजार रुपैयाँ नगदसहित भर्ना र ९ महिनाको शुल्कमा शतप्रतिशत छात्रवृत्ति पाउनेछन् । तेस्रो हुनेले ६ हजार रुपैयाँ नगदसहित भर्ना र ६ महिनाको शुल्कमा शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट १० जना सहभागीलाई सान्त्वना पुरस्कारस्वरूप २ हजार ५ सय रुपैयाँ नगदसहित भर्नामा ५० प्रतिशत र २ महिनाको शुल्कमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

इच्छुक विद्यार्थीहरूले आफ्नो नाम, विद्यालयको नाम, जिल्ला र सम्पर्क नम्बर सहित निबन्ध [email protected] मा पठाउन सक्नेछन् ।

कलेज प्रशासनले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा, सिर्जनशीलता र सामाजिक चेतना प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको