Techie IT
  • मंगलबार, असार ३०, २०८३ / Tuesday, July 14, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारतलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी

तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी


काठमाडौं । सरकारी कर्मचारीहरूले अब तलबका लागि पूरा महिना कुर्नु नपर्ने भएको छ । नेपाल सरकारले राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ता सुविधा अब प्रत्येक १५ दिनमा उपलब्ध गराउने तयारी गरेको छ ।

यससम्बन्धी व्यवस्था मिलाउन अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेको छ । हालसम्म मासिक रूपमा भुक्तानी हुँदै आएको तलबभत्ता अब अर्धमासिक रूपमा वितरण गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाद्वारा जारी पत्रमा वैशाख ४ गते अर्थमन्त्रीस्तरको निर्णयअनुसार नयाँ व्यवस्था कार्यान्वयन गर्न आवश्यक प्रक्रिया मिलाउन अनुरोध गरिएको उल्लेख छ ।

यो व्यवस्था लागू भएपछि सरकारी कर्मचारीहरूले महिनामा दुई पटक तलब पाउनेछन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको