समाचार
अघि बढ्यो आठ वटा विश्वविद्यालयको उपकुलपतिका नियुक्तिको प्रक्रिया
काठमाडौं—सरकारले आठ वटा विश्वविद्यालयका उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । शुक्रबार हालै पदमुक्त भएका आठ वटा विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपतिका लागि दरखास्त आव्हान गरेसँगै उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढेको हो ।
उपकुलपति छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी वौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपति छनोटका लागि दरखास्त माग गरेको हो ।
२४ बैशाखमा स्वीकृत विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धि एकीकृत कार्यविधि, २०८३ बमोजिम दरखास्त दिन समितिले भनेको छ । इच्छुक तथा योग्य व्यक्तिलाई १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।
सरकारले त्रिभुवन विश्वविद्यालयबाहेकका ७ वटा विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीलाई अध्यादेशबाट पदमुक्त गरेको थियो । तर, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीले भने अध्यादेश अगावैं राजीनामा दिएका थिए ।

ताजा अपडेट
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- त्रिविअन्तर्गत बीआईटी कार्यक्रमको प्रवेश परीक्षा तालिका सार्वजनिक, आवेदन खुला
- निःशुल्क ‘मक टेस्ट’ सञ्चालन गर्दै नेपाल इन्जिनियरिङ कलेज, उत्कृष्टलाई नगद पुरस्कार
- कक्षा १२ मा कस्ता विद्यार्थीले प्राप्त गरेका हुन् ३.९७ जीपीए ?
- कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत ग्रेडेड
- आज कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
- यसैवर्षबाट एसईई परीक्षा प्रदेश तहबाट सञ्चालन हुने, ३५ करोड बजेट विनियोजन
- काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया