Techie IT
  • मंगलबार, वैशाख २९, २०८३ / Tuesday, May 12, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारआज साँझ एसईई नतिजा सार्वजनिक हुने

आज साँझ एसईई नतिजा सार्वजनिक हुने


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार अहिले प्राविधिक काम अन्तिम चरणमा पुगेको छ ।

नतिजा प्रकाशनबारे निर्णय गर्न साँझ ५ बजेपछि बोर्ड बैठक बोलाइएको छ । बैठकका लागि सदस्यहरूलाई जानकारीसमेत दिइसकिएको छ ।

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले यसपटक नतिजा छिट्टै सार्वजनिक गर्न लागिएको हो । यस वर्ष एसईईमा ५ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको