Techie IT
  • मंगलबार, जेठ १९, २०८३ / Tuesday, June 2, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारत्रिविले सार्वजनिक गर्‍यो स्नातक तहको नयाँ भर्ना तालिका

त्रिविले सार्वजनिक गर्‍यो स्नातक तहको नयाँ भर्ना तालिका


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातक तह प्रथम वर्ष (वार्षिक प्रणाली) तथा प्रथम सेमेस्टर (सेमेस्टर प्रणाली) को भर्ना कार्यक्रम सार्वजनिक गरेको छ।

सूचनाअनुसार वार्षिक प्रणालीतर्फ भर्ना २०८३ असार दोस्रो सातादेखि भदौ मसान्तसम्म हुनेछ भने कक्षा सञ्चालन असोज पहिलो सातादेखि सुरु गरिनेछ। परीक्षा फाराम चैत महिनामा भराइने र परीक्षा २०८४ जेठ अन्तिम सातामा सञ्चालन गरिने जनाइएको छ। नतिजा २०८४ भदौ महिनामा प्रकाशन गर्ने तालिका छ।

यस्तै, सेमेस्टर प्रणालीतर्फ आवेदन फाराम वितरण तथा बुझाउने कार्य २०८३ असार पहिलो सातादेखि साउन मसान्तसम्म हुनेछ। कक्षा सञ्चालन भदौ अन्तिम सातादेखि सुरु हुने र अन्तिम परीक्षा २०८३ फागुन अन्तिम सातामा सञ्चालन गरिनेछ। नतिजा २०८४ जेठ महिनाभित्र प्रकाशित गरिने त्रिविले जनाएको छ।

विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेको संकाय, अध्ययन संस्थान वा क्याम्पसमा विषयअनुसार छुट्टाछुट्टै आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। विस्तृत जानकारी सम्बन्धित डिन कार्यालय तथा क्याम्पसबाट प्राप्त गर्न सकिने जनाइएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको