Techie IT
  • बुधबार, असार ३, २०८३ / Thursday, June 18, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारअध्ययन बिदा दुरुपयोग गर्नेहरूविरुद्ध त्रिवि आक्रामक, रकम असुलीसहित कानुनी कारबाही हुने

अध्ययन बिदा दुरुपयोग गर्नेहरूविरुद्ध त्रिवि आक्रामक, रकम असुलीसहित कानुनी कारबाही हुने


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपयोग गरेपछि नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ । निर्धारित अवधिभित्र सम्पर्कमा नआए प्रचलित कानुन तथा विश्वविद्यालयका नियमावलीअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने विश्वविद्यालयले जनाएको छ ।

अध्ययन बिदा व्यवस्थापन कार्यान्वयन समितिले २०८३ असार ३ गते प्रकाशित सूचनामार्फत अध्ययन बिदा उपयोग गरेपछि सेवा गर्नुपर्ने अवधि पूरा नगरेका तथा विश्वविद्यालयसँग सम्पर्कमा नआएका शिक्षक र कर्मचारीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको हो । समितिले सम्बन्धित व्यक्तिहरूलाई अध्ययन बिदा व्यवस्थापन समितिको कार्यालय वा [email protected] इमेलमार्फत सम्पर्क गर्न भनेको छ ।

यस विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि सार्वजनिक लगानीबाट प्रदान गरिने अध्ययन बिदा विशेष सुविधा भएकाले यसको सदुपयोग गर्दै संस्थाप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

उनले अध्ययन बिदामा गएर अध्ययन पूरा नगरेका तथा अध्ययनपछि सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट नियमानुसार असुलउपर गर्नुपर्ने रकम असुल गर्ने अभियान त्रिभुवन विश्वविद्यालयले निरन्तर अघि बढाइरहेको उल्लेख गरेका छन् ।

मन्त्री पोखरेलले हालसम्म विश्वविद्यालयको सम्पर्कमा आउन आनाकानी गरिरहेका सम्बन्धित शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको जानकारी दिँदै तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रचलित कानुन तथा विश्वविद्यालयका नियमावलीबमोजिम आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् ।

उनले अध्ययन बिदा सार्वजनिक लगानीबाट प्रदान गरिने विशेष सुविधा भएकाले यसको सदुपयोग गर्दै संस्थाप्रति उत्तरदायी हुनु सम्बन्धित सबैको दायित्व भएको उल्लेख गर्दै सार्वजनिक स्रोतको संरक्षणप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको