Techie IT
  • शुक्रबार, असार ५, २०८३ / Saturday, June 20, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारनिःशुल्क ‘मक टेस्ट’ सञ्चालन गर्दै नेपाल इन्जिनियरिङ कलेज, उत्कृष्टलाई नगद पुरस्कार

निःशुल्क ‘मक टेस्ट’ सञ्चालन गर्दै नेपाल इन्जिनियरिङ कलेज, उत्कृष्टलाई नगद पुरस्कार


भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज (एनईसी) ले सन् २०२६ को प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि निःशुल्क “मक टेस्ट” सञ्चालन गर्ने भएको छ । इन्जिनियरिङ अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको तयारी स्तर मूल्याङ्कन गर्ने उद्देश्यले कलेजले उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

कलेजका अनुसार “मक टेस्ट” असार ६ गते शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण–४, भक्तपुरमा सञ्चालन हुनेछ । सहभागी विद्यार्थीहरूले वास्तविक प्रवेश परीक्षाको वातावरणमा आफ्नो तयारीको अभ्यास गर्न सक्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेलाई १० हजार रुपैयाँ, द्वितीय हुनेलाई ५ हजार रुपैयाँ तथा तृतीय हुनेलाई ३ हजार रुपैयाँ प्रदान गरिने कलेजले जनाएको छ ।

विद्यार्थीहरूको सहजताका लागि पिकअप तथा ड्रपसहित बस सेवाको व्यवस्था समेत गरिएको छ । बस सेवासम्बन्धी थप जानकारीका लागि ९८४१०९८२९६ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

सन् १९९४ मा स्थापना भएको नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयसँग आबद्ध प्राविधिक शिक्षण संस्था हो । कलेजले विभिन्न स्नातक तथा स्नातकोत्तर तहका इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

थप जानकारीका लागि ०१–५२२१०१२, ९७४१८०२०९६ वा [email protected] मा सम्पर्क गर्न सकिने कलेजले जनाएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको