इन्जिनियरिङ प्रवेश परीक्षामा मनपरीको आरोप, ९ विद्यार्थी संगठनको कडा चेतावनी
काठमाडौं – इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को प्रवेश परीक्षा प्रणालीलाई लिएर विवाद चर्किएको छ । नौ विद्यार्थी संगठनले संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रवेश परीक्षामा गरिएको पछिल्लो निर्णयले निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको आरोप लगाएका छन् ।
विद्यार्थी संगठनहरूले विगत केही वर्षदेखि आईओईले सञ्चालन गर्दै आएको प्रवेश परीक्षा प्रणालीमा पटक–पटक गरिएको अस्वाभाविक परिवर्तनले विद्यार्थी अन्योलमा परेको बताएका छन् । उनीहरूका अनुसार यस वर्ष पनि प्रवेश परीक्षाको मिति हेरफेर गरिएको, प्रश्नको ढाँचा पूर्वसूचनाबिनै परिवर्तन गरिएको तथा प्रवेश परीक्षा शुल्कसमेत बढाइएको छ ।
संयुक्त वक्तव्यमा परीक्षा मूल्याङ्कन प्रणालीलाई अझै स्पष्ट र पारदर्शी बनाउनुपर्ने माग गरिएको छ । नतिजा प्रकाशन प्रक्रियामा पनि आवश्यक पारदर्शिता नदेखिएको भन्दै विद्यार्थी संगठनले तत्काल सुधार गर्न आग्रह गरेका छन् ।
उनीहरूले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) लाई हस्तक्षेप गरी आफ्नै मापदण्डअनुसार शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न, वैज्ञानिक र पारदर्शी परीक्षा प्रणाली सुनिश्चित गर्न तथा बढाइएको प्रवेश परीक्षा शुल्क तत्काल फिर्ता गराउन माग गरेका छन् ।
विद्यार्थी संगठनले आफ्ना माग बेवास्ता गरिए थप कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् । इन्जिनियरिङ अध्ययनसँग सम्बन्धित निर्णय गर्दा विद्यार्थीको हित र शैक्षिक मर्यादालाई केन्द्रमा राख्नुपर्ने उनीहरूको जोड छ ।
यस्तै, संयुक्त वक्तव्यमार्फत उनीहरूले भारतीय सशस्त्र बल (एसएसबी) ले नेपाली सीमाक्षेत्रमा गरेको गतिविधिप्रति आपत्ति जनाउँदै राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न सरकारसँग प्रभावकारी पहलको माग गरेका छन् । सीमा सुरक्षासम्बन्धी विषयमा सबै राजनीतिक दल र नागरिक एकजुट हुनुपर्ने उनीहरूको भनाइ छ ।
त्यसैगरी सरकारले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा पनि त्यसअनुसार पेट्रोलियम पदार्थ र सार्वजनिक यातायात भाडा समायोजन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पेट्रोल पम्पमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य रोक्न प्रभावकारी अनुगमन गर्न तथा सार्वजनिक यातायातको बढाइएको भाडा तत्काल घटाउन सरकारसँग माग गरिएको छ ।
विभिन्न माग राख्दै केही दिनदेखि माइतीघर मण्डलामा जारी प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै विद्यार्थी संगठनहरूले आन्दोलनरत विद्यार्थीलाई निरन्तर साथ दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
संयुक्त वक्तव्यमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), अखिल (छैटौँ), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, जनप्रगतिशील विद्यार्थी युनियन नेपाल, विद्यार्थी जनमत संघ लगायतका विद्यार्थी संगठनका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
ताजा अपडेट
- इन्जिनियरिङ प्रवेश परीक्षामा मनपरीको आरोप, ९ विद्यार्थी संगठनको कडा चेतावनी
- शिक्षकको तलबभत्ता अपुग भए तत्काल बजेट व्यवस्थापन गर्न स्थानीय तहलाई केन्द्रको निर्देशन
- त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा
- ट्युसन सेन्टरको छाना भत्किँदा १४ बालबालिकाको मृत्यु
- ८ विश्वविद्यालयले पाउँदैछन् नयाँ उपकुलपति, सिफारिस समितिले टुंग्यायो अन्तिम सूची
- यस्तो छ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्ट
- कक्षा १२ को उत्तरपुस्तिका नमुना पुनः परीक्षणका लागि समिति गठन
- कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन, उत्तरपुस्तिका पुनः परीक्षणको माग
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया