Techie IT
  • शुक्रबार, साउन १५, २०८३ / Friday, July 31, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजमधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित

मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित


काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएस (MBS) को MKT 511: Marketing Management विषयको परीक्षा स्थगित गरेको छ । व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले जारी गरेको सूचनाअनुसार साउन १५ गते सञ्चालन हुने उक्त विषयको परीक्षा विशेष परिस्थितिका कारण मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो ।

स्थगित गरिएको विषयको नयाँ परीक्षा तालिका पछि सार्वजनिक गरिने महाशाखाले जनाएको छ । यद्यपि, सूचनामा उल्लेख नगरिएका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन हुनेछ ।

स्थगित गरिएका ११ परीक्षा केन्द्र

  • रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुर
  • सल्हेश क्याम्पस, मलंगवा, सर्लाही
  • जनज्योति बहुमुखी क्याम्पस, लालबन्दी, सर्लाही
  • सूर्यनारायण सत्यनारायण मोरेश्वर यादव क्याम्पस, सिरहा
  • जे.एस. मुरारका बहुमुखी क्याम्पस, लहान, सिरहा
  • श्री महेन्द्रनारायण निधि बहुमुखी क्याम्पस, राजविराज, सप्तरी
  • नेशनल पिपुल कलेज, कञ्चनरूप–८, सप्तरी
  • जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर, रौतहट
  • गोरीशंकर यादव रौतहट क्याम्पस, गौर, रौतहट
  • सिमरा कलेज, सिमरा, बारा
  • ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्ज

त्रिविले सम्बन्धित विद्यार्थीलाई विश्वविद्यालयबाट प्रकाशित हुने आगामी सूचनामा ध्यान दिन तथा परीक्षा सम्बन्धी आधिकारिक जानकारी नियमित रूपमा हेर्न आग्रह गरेको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको