Techie IT
  • बुधबार, असोज २८, २०८३ / Thursday, October 15, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?

कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। नतिजा प्रकाशनका विषयमा निर्णय गर्न बोर्डको बैठक आज बस्ने भएको छ।

एजुकेशन समाचारसँग कुरा गर्दै राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले बोर्ड बैठकपछि सम्भव भए आजै, नभए भोलि (शुक्रबार) नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

“नतिजा प्रकाशनका विषयमा आज बोर्डको बैठक बस्दैछ। सबै प्रक्रिया पूरा भए आजै सार्वजनिक हुन्छ, अन्यथा भोलि (शुक्रबार) नतिजा प्रकाशित गर्ने तयारी गरेका छौँ,” परीक्षा नियन्त्रक शर्माले भने।

राष्ट्रिय परीक्षा बोर्डले गत साउन २ र ३ गते कक्षा १२ को पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गरेको थियो। यस परीक्षामा करिब ७३ हजार विद्यार्थी सहभागी भएका थिए।

यसअघि बोर्डले उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न गरी नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जनाएको थियो। बैठकबाट अन्तिम निर्णय भएपछि नतिजा बोर्डको आधिकारिक वेबसाइट तथा अन्य माध्यमबाट सार्वजनिक गरिनेछ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको