सामाजिक सञ्जालमा ‘तथ्यहीन र अपमानजनक’ अभिव्यक्तिप्रति प्याब्सनको कडा आपत्ति, कानुनी उपचारको चेतावनी
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सामाजिक सञ्जालमार्फत संस्थागत विद्यालय र संगठनलाई लक्षित गरी भइरहेका ‘तथ्यहीन, अपमानजनक र मर्यादाविहीन’ अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ। यस्तो गतिविधि निरन्तर भए कानूनी उपचार अवलम्बन गर्ने संगठनले चेतावनी दिएको छ।
प्याब्सन केन्द्रीय कार्यसमितिले मंसिर ३ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा आलोचनाको अधिकारलाई लोकतन्त्रको आधार भनिएको छ। तर अपुष्ट आरोप, व्यक्तिगत लाञ्छना र संस्थागत मानमर्दनलाई अभिव्यक्ति स्वतन्त्रताको आवरणमा उचित ठहर्याउन नसकिने संगठनको भनाइ छ।
‘योगदानलाई अवमूल्यन गर्नु न्यायोचित हुँदैन’
विज्ञप्तिमा शिक्षा विकास, गुणस्तरीय शिक्षाको विस्तार, रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनमा संस्थागत विद्यालयको दशकौँदेखिको योगदान निर्विवाद रहेको दाबी गरिएको छ। राज्यको सीमित स्रोतसाधनका बीच निजी क्षेत्रले आफ्नै पुँजी, श्रम, जोखिम र जिम्मेवारी वहन गरेको प्याब्सनको भनाइ छ।
त्यस्तो योगदानलाई पूर्वाग्रहपूर्ण टिप्पणी वा केही व्यक्तिगत घटनाका आधारमा अवमूल्यन गर्नु न्यायोचित नहुने संगठनले जनाएको छ। समग्र क्षेत्रलाई दोषारोपण गर्ने, संस्था र नेतृत्वको सार्वजनिक प्रतिष्ठामा प्रहार गर्ने तथा भ्रमपूर्ण धारणा फैलाउने प्रवृत्तिप्रति प्याब्सनले कडा आपत्ति प्रकट गरेको छ।
जिम्मेवारीबाट विमुख नभएको दाबी
प्याब्सनले आफू विद्यालय सञ्चालकहरूको जिम्मेवारीबाट विमुख नभएको पनि जनाएको छ। शिक्षक तथा कर्मचारीका पारिश्रमिक, सेवासुविधा, पेशागत अधिकार, सामाजिक सुरक्षा, शैक्षिक गुणस्तर र संस्थागत सुशासनमा विद्यालयहरू अझ जिम्मेवार, पारदर्शी र जवाफदेही हुनुपर्ने संगठनले स्वीकार गरेको छ।
जायज गुनासोको निष्पक्ष सम्बोधन, कानूनको पालना र आवश्यक सुधारलाई साझा दायित्व भनिएको छ। तर सुधारका विषय तथ्य र प्रमाणका आधारमा सम्बन्धित नियामक निकाय र संस्थागत प्रक्रियामार्फत उठाउनुपर्ने प्याब्सनको धारणा छ। सार्वजनिक अपमान र आरोप-प्रत्यारोपलाई समस्या समाधानको जिम्मेवार बाटो नभएको संगठनले जनाएको छ।
प्रभावशाली व्यक्तिलाई संयमको आग्रह, कानूनी कारबाहीको चेतावनी
विशेषगरी आफैं शैक्षिक संस्था सञ्चालन गरिरहेका तथा शिक्षा क्षेत्रमा सार्वजनिक प्रभाव राख्ने व्यक्तिले अभिव्यक्ति दिँदा तथ्य, विवेक र व्यावसायिक मर्यादा पालना गर्नुपर्ने प्याब्सनले आग्रह गरेको छ। विज्ञप्तिमा कुनै व्यक्ति वा संस्थाको नाम भने खुलाइएको छैन।
संगठनका अनुसार असहमति राख्ने अधिकार सबैलाई छ, तर अरूको प्रतिष्ठा र संस्थागत सम्मानमाथि प्रहार गर्ने अधिकार कसैलाई छैन। कुनै विषयमा समस्या वा अनियमितता भए सम्बन्धित राज्य निकायले निष्पक्ष छानबिन र कानूनी प्रक्रिया अघि बढाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ। तथ्यहीन आरोप र संस्थाको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि निरन्तर भए कानूनी उपचार अवलम्बन गर्न दृढ रहने प्याब्सनले जनाएको छ।
संगठनले आफू संवाद, सुधार, सहकार्य र जिम्मेवार संस्थागत अभ्यासको पक्षमा रहेको पनि उल्लेख गरेको छ। निजी विद्यालयको योगदानको सम्मान, सञ्चालकको जवाफदेहिता, शिक्षक तथा कर्मचारीको पेशागत न्याय र गुणस्तरीय शिक्षा एकअर्काका विरोधी नभई परिपूरक रहेको संगठनको धारणा छ। विज्ञप्तिको अन्त्यमा भनिएको छ, “आलोचना तथ्यमा आधारित होस्, अभिव्यक्ति मर्यादित होस् र संस्थागत सम्मान सबैका लागि समान रूपमा सुरक्षित रहोस्।”
ताजा अपडेट
- सामाजिक सञ्जालमा ‘तथ्यहीन र अपमानजनक’ अभिव्यक्तिप्रति प्याब्सनको कडा आपत्ति, कानुनी उपचारको चेतावनी
- म्यादी प्रहरी, अब डाक्टर !
- १८७.५ अङ्कसहित परार्थको ऐतिहासिक सफलता, बने एमबीबीएस इन्ट्रान्स टपर!
- माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्यो, मंसिर ७ देखि आवेदन दिन सकिने
- त्रिविले निकाल्यो बीबीएस प्रथम वर्षको नतिजा, चार विद्यार्थीलाई दुई वर्ष परीक्षा दिन रोक
- कस्ता विद्यार्थीलाई ट्यालेन्ट भन्ने ? विद्यार्थीको प्रतिभा चिन्ने सही तरिका के हो ?
- विद्यार्थीको एक मिनेटको भिडियोले जित्न सक्छ ५० हजार रुपैयाँ, काठमाडौं महानगरले खुलायो अवसर !
- डा. केसीको अनशन अन्त्य, चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग के–के भए सहमति ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया