१९ विद्यालयका प्रअले किन दिए सामूहिक राजीनामा, के भन्छ गाउँपालिका ?
काठमाडाैं । केही दिन अघि मकवानपुरको मनहरी गाउपालिका भित्रका १९ जना प्रधानाध्यापकले राजीनामा दिए । गाउँपालिका भित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सामुहिक राजीनामा दिएका हुन् ।
सहमति विपरितको सरुवा गरेको भन्दै असन्तुष्ट बनेका प्रधानाध्यापकहरुले राजीनामा दिएका हुन् । राजीनामा पत्रमा भनिएको छ, ‘सहमति बिपरितको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ ।’
विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले बिना कारण प्रधानाध्यापकको सरुवा गर्न खोजेपछि सामूहिक रुपमा राजीनामा दिन बाध्य भएको प्रधानाध्यापकहरुको गुनासो छ ।
राजीनामा दिएपनि पढाउन भने नछोडेको एक प्रधानाध्यापकले जानकारी दिए । यता गाउँपालिका प्रमुख रञ्जन कालाखेती भने सबै प्रअहरुसँग सहमति भइसकेको बताउँछन् । ‘अधिकांश प्रअहरु सहमत भइसक्नुभयो,’ उनले भने,‘अब भदौ १ गतेबाट उहाँहरु सरुवा भएर अन्यत्र विद्यालयमा जानुहुन्छ ।’
गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा एउटै व्यक्ति लामो समयदेखि प्रअ भएर बस्दा त्यसले शैक्षिक गुणस्तर सुधारमा खासै उपलब्धि नहुनेभएपछि प्रअहरुको सरुवा गर्न लागिएको उनले बताए । ‘एउटै व्यक्ति प्रअ हुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खासै राम्रो भएन,’ उनले भने,‘त्यसैलाई सुधार गर्न हामीले प्रअहरुको सरुवा गर्न लागेका थियौँ त्यसमा उहाँहरु सहमत भइसक्नुभयो ।’
गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधार्न लागि परेको बताउँदै कालाखेती भन्छन्, ‘हामीले शिक्षकहरुकै मनोबल उकास्नका लागि गाउँपालिकाका आन्तरिक स्रोतबाट मासिक तलब भत्ता दिने गरेका छौँ,’ उनले भने, ‘यसैगरी प्रअहरुको ५ सय रुपैयाँ भत्ता बढाएर २ हजार रुपैयाँ पुर्याएका छौँ ।’
ताजा अपडेट
- डा. गोविन्द केसीले तोडे अनसन
- एमबीएस प्रश्नपत्र काण्ड : परीक्षा सुरु भएको मिनेटमै प्रश्न बाहिरियो, सिआइबीले गर्यो पक्राउ
- अष्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालयकी स्नातकोत्तर प्रतिमा खड्का मिस नेपाल २०२६ को प्रतिस्पर्धामा
- डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढी पुगे
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया