समाचार
शिक्षा मन्त्री राईले गरे डा. देवकोटा, डा. कोइराला, डा. रुइत र महावीर पुनको प्रशंसा
काठमाडौं—शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले स्व. डा. उपेन्द्र देवकोटा, डा. भगवान कोइराला, डा. सन्दुक रुइत र महावीर पुनको खुलेर प्रशंसा गरेका छन् । बुधबार संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले उनीहरुले विदेशमा प्राप्त ज्ञान र आनन्दको जीवन छोडेर नेपालको माटोका लागि योगदान गरेको भन्दै खुलेर प्रशंसा गरे ।
‘उहाँहरुले विदेशमा विदेशमा राम्रो हैसियत बनाउन सक्ने हुँदा पनि देशको माग सिगार्न बस्नु भएको छ । तर, हामीले हाम्रो भाइ बहिनीहरु छोराछोरीहरुमा यो भावना जगाउन सकेनौं,’ उनले भने, ‘मलाई लाग्छ शिक्षा मन्त्रालयमा काम गर्ने हामीहरुले चिन्ता गर्नु पर्ने चिन्तन गर्नुपर्ने गम्भीर पक्ष यो हो । ’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वर्तमान अवस्था, समस्या एवं चुनौतीका सम्बन्धमा आयोजित छलफलमा उनले समस्या पैसा, जनशक्ति र भौतिक संरचनाको अभावबाट मात्रै नभएको भन्दै उनले सोचमै समस्या भएको बताए ।
‘समस्या हाम्रो सोचमा छ । हामीले ती सोचलाई व्यारिएरलाई किन तोड्न सकिराखेका छैनौं भन्ने मलाई अनुभव भइरहेको छ,’ उनले भने, ‘अब ऐन कानुनहरु निर्माणाधीन छन्, प्रक्रियामा छन् । ’
उनले ऐन नियम निर्माणलगायतका आवश्यक काम भइरहेको बताएका उनले आफूले जीवनको उत्तराद्र्धमा सकेसम्म देशको लागि केही गरौं भन्ने लक्ष्यका साथ काम गरिएको जिकिर गरे ।
छलफलमा सहभागी सासंदहरुले सरकारले योजनावद्ध काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।
सांसद सुमना श्रेष्ठले विद्यार्थीहरु पास मात्रै भएका छन् कि आवश्यक ज्ञान पनि सिकेका छन् भन्ने कुराको अनुगमन नै नभएको तर्क गरिन् । परिणाममै शिक्षाको गुणस्तरण मापन हुनुपर्ने उनको माग छ ।
सांसद तोसिमा कार्कीले बजेट उपयोगमा शिक्षा क्षेत्र चुकेको आरोप लगाइन् । शिक्षा क्षेत्रको सुधारका लागि बजेट नै नलाग्ने संघीय शिक्षा ऐन र विश्व विद्यालय छाता ऐन टेवल हुनु आवश्यक रहेको उनको भनाइ थियो ।
४३ प्रतिशत नर्स विदेशिएको भन्दै उनले विद्यालयमा नर्स व्यवस्था गर्ने व्यवस्था कार्यान्वयन नभएको भन्दै आपत्ति जनाइन् ।
ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया