काठमाडौं—अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न आइप्यानको साधारणसभाले सर्वसम्मत रुपमा केसीलाई अध्यक्षमा चयन गरेको हो ।
साधारणसभाले वरिष्ठ उपाध्यक्षमा मिथिलेसकुमार झा, उपाध्यक्षमा विज्ञान श्रेष्ठ, महासचिवमा रेष्टा झा, सचिवमा रितल राणा र कोषाध्यक्षमा शैलजा अधिकारी चयन गरेको छ ।
कार्यसमिति सदस्यमा तेज ढकाल, योगेश उप्रेती, प्रभिना थापा र रवि फुयाँल चयन भएका छन् । कार्यसमिति सल्लाहकार पंकज जलान र समीर थापा चयन भएका छन् ।
आइप्यानमा ८६ वटा कलेज आवद्ध छन् । विदेशी विश्वविद्यालयका डिग्री अध्यापन गराउने ती कलेजमा २८ हजार विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।
अध्यक्षमा चयन भएका केसी थापागाउँस्थित प्रेसिडेन्सियल विजनेशन स्कुलका संस्थापक हुन् ।
ताजा अपडेट
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान








तपाईको प्रतिक्रिया