समाचार
पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध

काठमाडौं—प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) डिप्लोमा तहका स्वास्थ्य शिक्षाका कार्यक्रममा गरेको शुल्क वृद्धि रद्ध गरेको छ । बिहीबारको परिषद् कार्यलयको बैठकले १ असारमा डिप्लोमा तहका पिसिएल नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीमा गरेको शुल्क वृद्धिको निर्णय रद्ध गरेको हो ।
गत १ असारमा परिषद् कार्यलयले पिसिएल नर्सिङ, एचएच र डिप्लोमा इन फार्मेसीमा शैक्षिक सत्र २०८०/०८१ बाट लागु हुने गरी शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । परिषद्ले शुल्क वृद्धि गरेर पिसिएल नर्सिङमा ६ लाख २४ हजार २३० रुपैयाँ, एचएमा ५ लाख २३ हजार ८२० रुपैयाँ र डिप्लोमा फार्मेसीमा ४ लाख २३ हजार ६६० रुपैयाँ शुल्क तोकेको थियो ।
उक्त शुल्क वृद्धिको चौतर्फी विरोध भएपछि ४ साउनमा परिषद्ले उक्त शुल्क वृद्धिको निर्णयलाई स्थगन गरेको थियो । त्यतिबेला उसले सरोकारवालाहरुसँग छलफलपछि मात्रै शुल्क वृद्धि गर्ने भन्दैं निर्णय स्थगत गरेको थियो ।
तर, दबाब बढ्दैं गएपछि ३२ साउनमा उसले शुल्क वृद्धि गर्ने निर्णय रद्ध गरेको हो ।
ताजा अपडेट
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपालका २५ अब्बल माविहरू
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया