समाचार
पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
काठमाडौं—प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) डिप्लोमा तहका स्वास्थ्य शिक्षाका कार्यक्रममा गरेको शुल्क वृद्धि रद्ध गरेको छ । बिहीबारको परिषद् कार्यलयको बैठकले १ असारमा डिप्लोमा तहका पिसिएल नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीमा गरेको शुल्क वृद्धिको निर्णय रद्ध गरेको हो ।
गत १ असारमा परिषद् कार्यलयले पिसिएल नर्सिङ, एचएच र डिप्लोमा इन फार्मेसीमा शैक्षिक सत्र २०८०/०८१ बाट लागु हुने गरी शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । परिषद्ले शुल्क वृद्धि गरेर पिसिएल नर्सिङमा ६ लाख २४ हजार २३० रुपैयाँ, एचएमा ५ लाख २३ हजार ८२० रुपैयाँ र डिप्लोमा फार्मेसीमा ४ लाख २३ हजार ६६० रुपैयाँ शुल्क तोकेको थियो ।
उक्त शुल्क वृद्धिको चौतर्फी विरोध भएपछि ४ साउनमा परिषद्ले उक्त शुल्क वृद्धिको निर्णयलाई स्थगन गरेको थियो । त्यतिबेला उसले सरोकारवालाहरुसँग छलफलपछि मात्रै शुल्क वृद्धि गर्ने भन्दैं निर्णय स्थगत गरेको थियो ।
तर, दबाब बढ्दैं गएपछि ३२ साउनमा उसले शुल्क वृद्धि गर्ने निर्णय रद्ध गरेको हो ।

ताजा अपडेट
- यस्तो छ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्ट
- कक्षा १२ को उत्तरपुस्तिका नमुना पुनः परीक्षणका लागि समिति गठन
- कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन, उत्तरपुस्तिका पुनः परीक्षणको माग
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- त्रिविअन्तर्गत बीआईटी कार्यक्रमको प्रवेश परीक्षा तालिका सार्वजनिक, आवेदन खुला
- निःशुल्क ‘मक टेस्ट’ सञ्चालन गर्दै नेपाल इन्जिनियरिङ कलेज, उत्कृष्टलाई नगद पुरस्कार
- कक्षा १२ मा कस्ता विद्यार्थीले प्राप्त गरेका हुन् ३.९७ जीपीए ?
- कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत ग्रेडेड
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया