उपत्यकाव्यापी विद्यालय स्तरीय नृत्य प्रतियोगितामा माउण्ट ग्लोरी पहिलो हुँदा मनास्लु दोस्रो
काठमाडौँ । उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा माउन्ट ग्लोरी स्कुलले प्रथम स्थान हासिल गरेको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौँ जिल्लाको आयोजनामा आयोजित प्रतियोगितामा माउण्ट ग्लोरीले प्रथम स्थान हासिल गरेको हो ।
यसैगरी दोस्रो स्थान चुच्चेपाटीस्थित रहेको मनास्लु वर्ल्ड स्कुलले हात पारेको छ ।
त्यस्तै विपुल शिक्षा सदन तेस्रो भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगी विद्यालयले क्रमशः २५ हजार २० हजार र १५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेका छन् । उत्कृष्ट दश स्थान प्राप्त गर्ने प्रतियोगीले समेत ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
पाँचौँ संस्करणको उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा ७५ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेत प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको प्याब्सन काठमाडौँ सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी बताए ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया