Techie IT
  • शुक्रबार, असार २७, २०८२ / Friday, July 11, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारघुस लिएको आरोपमा प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा

समाचार

घुस लिएको आरोपमा प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा


गुलरिया—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक जना प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको हो । २६ भदौंमा बर्दियाको राजापुर नगरपालिका—७ मा भिष्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरकी प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारकाअनुसार हाजिरी गराउन सहजीकरण गरिदिने भनेर घुस लिएको भन्दैं उनी विरुद्ध उजुरी परेको थियो । त्यसपछि प्रधानाध्यापक उपाध्याय विरुद्ध अनुसन्धानका लागि अख्तियारको बुटवल कार्यलय र सम्पर्क कार्यलय नेपालगन्जबाट टोली खटिएको थियो ।

टोलीले प्रधानाध्यापक उपाध्यायलाई सेवाग्राहीबाट १४ हजार ५ सय रुपैयाँ घुससहित राजापुर नगरपालिका—४ स्थित सरस्वती भवन नजिकबाट नियन्त्रणमा लिएको थियो । उनीमाथि थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको