त्रिवि सेवा आयोगको मापदण्ड विपरितका शिक्षकले बीएस्सी सीएसआईटी अध्यापन गराउन नपाउने
काठमाडौं—त्रिभुवन विश्वविद्यालयले त्रिवि सेवा आयोगले तोकेको मापदण्ड पूरा नगरेका शिक्षकले बीएस्सी सीएसआईटी अध्यापन नगराउन निर्देशन दिएको छ । त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यलयले सबै क्याम्पस प्रमुखहरुलाई सर्कुलर गर्दै उक्त निर्देशन दिएको हो ।
संस्थानका डिन प्रा.डा. विपिन अर्यालले गरेको परिपत्रमा भनिएको छ, ‘सबै क्याम्पसले त्रिवि सेवा आयोगले तोकेको मापदण्ड पूरा गरेका शिक्षकलाई मात्र नियुक्त गरी अध्यापन गराई सो अनुसारको व्यवहोरा यस डिन कार्यलयमा पठाउनु हुन अनुरोध छ ।’
योग्यता नपुगेका शिक्षकहरुले अध्यापन गराएको पाइएमा त्रिवि नियमानुसार कारवाही गरिने पनि पत्रमा उल्लेख छ । पछिल्लो समय त्रिविको बीएस्सी सीएसआईटीमा विभिन्न कलेजहरुले मापदण्ड नपुगेको शिक्षकहरुबाट अध्यापन गराइरहेको जनगुनासो छ ।

ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया