समाचार
मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबीच सम्झौता, उपचारमा १० प्रतिशतसम्म छुट
काठमाडौं—मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र कलंकीस्थित नेपालय कलेजबीच सम्झौता भएको छ । मंगलबार राजधानीमा एक समारोहकाबीच मनमोहन मेमोरियल अस्पतालका कार्यकारी निर्देशक डा. नस्तुप्रसाद शर्मा र नेपालय कलेजका प्रधानाध्यापक कृष्णप्रसाद डोटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबीच भएको सम्झौताअनुसार नेपालय कलेजका पदाधिकारी, सदस्य, कर्मचारी, विद्यार्थी, निजहरुका परिवारका सदस्यहरुको परिचय खुल्ने कागजात (जन्म दर्ता प्रमाणपत्र, नागरिकता, कलेजको परिचय पत्र, मतदाता परिचय पत्र, सवारी चालक अनुमति पत्र, राहदानी तथा कलेजको सिफारिसको आधार)मा मनमोहन मेमोरियल अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवामा सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने जनाइएको छ ।
सामान्य शैय्या, ल्याब परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, इसिजीमा १५ प्रतिशत र अन्य विशेष सेवाहरु क्याबिन, आईसीयु तथा आईसीयु भेन्टिलेटर, अपरेशन, इको, मेमोग्राम, इन्डोस्कोपी र फिजियोथेरापीमा समेत १० प्रतिशत छुट सेवा पाउनेछन् ।
यस्तै, ८० वर्षदेखि माथि उमेरका जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत र ७० वर्ष देखि ७९ वर्षका जेष्ठ नागरिकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यो सुविधा ईएचएस, अक्सिजन, नेबुलाइजर ओटी, क्याबिन, आईसीयु, आउट् सोर्सिङ सेवामा लागु नहुने उल्लेख गरिएको छ ।
कलंकीस्थित नेपालय कलेजमा उच्च मा.वि., बीबीएस्, बीबीएम, बीएस्सी सीएसआईटी, बीसीए तथा एमबीएस कार्यक्रमहरु संचालनमा छन् । हाल यस कलेजमा करिव १ हजार ८ सय विद्यार्थीहरू अध्ययनरत छन् । नेपालय कलेजले मंगलबार आयोजना गरेको वार्षिक दीक्षान्त समारोह पनि आयोजना गरेको थियो । उक्त समारोहमा नेपालय कलेजमा अध्ययनरत स्नातकोत्तर तह, स्नातक तह र उच्च मावि तह उत्तीर्ण करिब १ हजार २ सय विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
ताजा अपडेट
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
- स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा
- शिक्षा मन्त्रालयद्वारा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला
- आफ्नै भवनमा सर्यो शिक्षा मन्त्रालय, मन्त्री पुनको बसोबास पनि सिंहदरबारमै
- उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया