समाचार
मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबीच सम्झौता, उपचारमा १० प्रतिशतसम्म छुट
काठमाडौं—मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र कलंकीस्थित नेपालय कलेजबीच सम्झौता भएको छ । मंगलबार राजधानीमा एक समारोहकाबीच मनमोहन मेमोरियल अस्पतालका कार्यकारी निर्देशक डा. नस्तुप्रसाद शर्मा र नेपालय कलेजका प्रधानाध्यापक कृष्णप्रसाद डोटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबीच भएको सम्झौताअनुसार नेपालय कलेजका पदाधिकारी, सदस्य, कर्मचारी, विद्यार्थी, निजहरुका परिवारका सदस्यहरुको परिचय खुल्ने कागजात (जन्म दर्ता प्रमाणपत्र, नागरिकता, कलेजको परिचय पत्र, मतदाता परिचय पत्र, सवारी चालक अनुमति पत्र, राहदानी तथा कलेजको सिफारिसको आधार)मा मनमोहन मेमोरियल अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवामा सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने जनाइएको छ ।
सामान्य शैय्या, ल्याब परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, इसिजीमा १५ प्रतिशत र अन्य विशेष सेवाहरु क्याबिन, आईसीयु तथा आईसीयु भेन्टिलेटर, अपरेशन, इको, मेमोग्राम, इन्डोस्कोपी र फिजियोथेरापीमा समेत १० प्रतिशत छुट सेवा पाउनेछन् ।
यस्तै, ८० वर्षदेखि माथि उमेरका जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत र ७० वर्ष देखि ७९ वर्षका जेष्ठ नागरिकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यो सुविधा ईएचएस, अक्सिजन, नेबुलाइजर ओटी, क्याबिन, आईसीयु, आउट् सोर्सिङ सेवामा लागु नहुने उल्लेख गरिएको छ ।
कलंकीस्थित नेपालय कलेजमा उच्च मा.वि., बीबीएस्, बीबीएम, बीएस्सी सीएसआईटी, बीसीए तथा एमबीएस कार्यक्रमहरु संचालनमा छन् । हाल यस कलेजमा करिव १ हजार ८ सय विद्यार्थीहरू अध्ययनरत छन् । नेपालय कलेजले मंगलबार आयोजना गरेको वार्षिक दीक्षान्त समारोह पनि आयोजना गरेको थियो । उक्त समारोहमा नेपालय कलेजमा अध्ययनरत स्नातकोत्तर तह, स्नातक तह र उच्च मावि तह उत्तीर्ण करिब १ हजार २ सय विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया