समाचार
भारतीय सुटर प्रयोग गरेर एकता बोर्डिङ स्कुलका प्रिन्सिपलको हत्या
वीरगन्ज—गोली लागेर मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा भारतीय भाडाका सुटर प्रयोग भएको खुलेको छ । सोमबार दिउँसो बारा कलैया—६ मा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले उनलाई गोली हानेर फरार भएका थिए ।
घाँटी र छातीमा चार राउण्ड गोली लागेका उनलाई उनलाई लगतै कलैया अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जस्थित मेडिसिटी बयोधा अस्पताल लगिएको थियो । उनको काठमाडौं ल्याउने तयारी गर्दागर्दै उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरी स्वर्णकारमाथि गोली चलाउने योजनामा संलग्न रहेको आरोपमा कलैयाकै एक महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ पर्नेमा तीन जना भारतीय छन्। हत्यामा भारतीय सुटरको प्रयोग गरिएको देखिएको छ।
पक्राउ परेकी महिलाकै योजनामा भारतबाट सुटर मगाएर गोली हानी हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । एकजना महिलासँग उनको प्रेम सम्बन्ध रहेको थियो । ती महिलाको अर्कै पुरुषसँग पनि प्रेम सम्बन्ध रहेको र त्यही कारण उनको सुटर प्रयोग गरेर हत्या गरिएको प्रहरी अनुमान छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया