Techie IT
  • आईतबार, कात्तिक १०, २०८२ / Monday, October 27, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारस्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना

स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना


त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकाय, डीनको कार्यालयले शैक्षिक सत्र २०८०÷०८१ को लागि स्नातकोत्तर तहमा भर्नाको लागि प्रवेश परीक्षा आवेदन खुला गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै भर्नाका लागि प्रवेश परीक्षाको आवेदन खुला गरेको हो ।

प्रवेश परीक्षा आगामी मंसिर २९ गते दिउँसो १ बजेबाट सञ्चालन हुने जनाइएको छ । जसको नतिजा पुष ४ गते सार्वजनिक गरिने त्रिविले जनाएको छ ।

शिक्षाशास्त्र संकायले सेमेष्टर प्रणालीमा आधारित एमएड र एमएसएसइडी (मास्टर अफ सोसियल स्टडीज एजुकेशन) शैक्षिक कार्यक्रमको लागि भर्ना प्रवेश परीक्षाको आवेदन खुला गरेको हो ।

१ मंसिरदेखि आवेदन खुला गरेको संकायले २५ मंसिरसम्म इच्छुक विद्यार्थीले आवेदन फारम अनलाइनमार्फत बुझाउन सक्नेछन् । एक हजार पाँच सय तोकिएको प्रवेश परीक्षा शुल्क ई–सेवा बाट मात्रै भुक्तानी गर्नुपर्ने त्रिविले जनाएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको