Techie IT
  • मंगलबार, कात्तिक ५, २०८२ / Tuesday, October 21, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारआज त्रिविको दीक्षान्त समारोह हुँदै, विश्व रेकर्ड बन्न सक्ने !

आज त्रिविको दीक्षान्त समारोह हुँदै, विश्व रेकर्ड बन्न सक्ने !


काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह आज (सोमबार) हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गरिएको दीक्षान्त समारोहबाट हजारौं विद्यार्थी दीक्षित हुँदै छन् ।

त्रिवि जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीका अनुसार ७३ हजार सात सय ४९ विद्यार्थीमध्ये जम्मा १२ हजार चार सय १५ जनाले फारम भरेका छन् ।

समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एकैपटक धेरै विद्यार्थी दीक्षित हुने भएकाले त्रिविले यसपटक गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा पनि आवेदन दिएको छ। त्यसका लागि गिनिज बुकका प्रतिनिधिहरू काठमाडौं आएका छन्।

यसैबीच दीक्षान्त समारोहमा सहभागी हुने सभासद्, प्राध्यापक÷कर्मचारी, अतिथि, अभिभावक र दीक्षित हुने विद्यार्थीहरूको सवारीसाधन व्यवस्थापनका लागि छुट्टाछुट्टै ठाउँ तय गरेको छ।

पूर्व र उत्तर रूटबाट आउने सम्पूर्ण सवारीसाधनलाई टुँडिखेलमा पार्किङ गर्न भनिएको छ। त्रिपुरेश्वर कालीमाटी रूटबाट आउने सवारी साधनहरूलाई विश्व निकेतन स्कुलमा पार्किङको व्यवस्था गरिएको छ।

पुल्चोकबाट आउने सवारीसाधनहरूलाई वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा पार्किङको व्यवस्था मिलाइएको छ। त्रिभुवन विश्वविद्यालयका पदाधिकारी एवं कर्मचारीहरूका लागि राष्ट्रिय खेलकुद परिषद्को कार्यालय परिसरभित्र पार्किङको बन्दोवस्त गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको