फेरि आन्दोलनमा उत्रिए बालविकास शिक्षक र विद्यालय कर्मचारी

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका सामुदायिक विद्यालयका कर्मचारी र प्रारम्भीक बालविकास सहजकर्ता (इसीडी शिक्षक)हरु पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारबाट प्राप्त हुने सेवा सुविधा माग गर्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र इसीडी शिक्षकहरु आन्दोलनमा होमिएका हुन् ।
नगरपालिकाले गत आर्थिक वर्षको दुई त्रैमासिकको तलब नदिएको कर्मचारी तथा शिक्षकले बताएका छन् । सोमबार विहानदेखि बेलुकीसम्म धर्नामा बसेका कर्मचारी र शिक्षकले माग पूरा नभएसम्म धर्ना दिने बताए ।
संघर्ष समितिका अध्यक्ष विद्यालय कर्मचारी इन्द्र नारायण राउतले नेतृत्व गरेको सो धर्ना कार्यक्रमा ५७ जना विद्यालय कर्मचारी र इसीडी शिक्षक सहभागी थिए ।
नगरका शिक्षा शाखा अधिकृत हरि नारायण शाहले बिनाकारण कर्मचारी तथा शिक्षकको हाजिरी काटेर दैनिकी तलब कटौती गर्ने र लामो समयसम्म तलब नदिने विरुद्ध धर्नामा बसेको राउतले बताए ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया