‘टेक एक्स २०२३’ सफ्टवेरिका कलेज काठमाडौंमा सफलतापूर्वक सम्पन्न
काठमाडौं—आईटी र ई–कमर्स कलेजको रूपमा चिनिने सफ्टवेरिकाले आफ्नो कलेज परिसरमा जुलाई २७ देखि जुलाई ३० सम्म गरेको ‘स्मार्ट टेक्नोलोजी’ प्रदर्शनी सम्पन्न भएको छ । राजनीतिज्ञ, सेलिब्रेटीलगायत १० हजारभन्दा बढी सर्वसाधारणको उक्त प्रदर्शनी अवलोकन गरेको कलेजले जनाएको छ ।
४ दिने प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए । कार्यक्रममा ३० भन्दा बढी नवप्रवर्तनहरू थिए र मुख्य आकर्षण रोबोटको लडाकु ‘रोबो वार’ थियो
कार्यक्रमको अन्तिम दिन टोली ‘भाइपर स्ट्राइक’ ले रोबो वार जितको थियो भने ‘काजाडोर’ उपविजेता बनेको थियो । विजेता टोलीले क्रमसः ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
कार्यक्रमको उद्घाटनसञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।
सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिन्छ । यसपटक ‘आइओटी एक्सपो’ नामले चिनिने सफ्टवेयर प्रदर्शनीलाई ‘टेक एक्सपो’ नाम दिइएको थियो ।
ताजा अपडेट
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा

तपाईको प्रतिक्रिया