Techie IT
  • बिहीबार, असार २६, २०८२ / Thursday, July 10, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठएजुकेशन मुभमेन्टमेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ७१.४३ प्रतिशत उत्तीर्ण

समाचार

मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ७१.४३ प्रतिशत उत्तीर्ण


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ७१.४३ प्रतिशत उत्तीर्ण भएका छन् । शुक्रबार भएको लाइसेन्स परीक्षामा ४३ विधाका चिकित्सकहरु सहभागी थिए ।

परीक्षामा सहभागी ४३ विधाका ४२० जना परीक्षार्थीहरुमध्ये ३०० जना उत्तीर्ण उत्तीर्ण भएका हुन् । ११९ जना अनुत्तीर्ण भएका छन् भने १ जनाको नतिजा प्रकाशन रोक्का भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

यसअघि ९ मंसिर २०७९ मा लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७४.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले यो सूचना प्रकाशित भएको मितिले पैंतीस (३५) दिन भित्र पूनर्योगका लागि १ हजार ५ सय रुपैयाँसहित काउन्सिलमा इमेल गर्न सकिनेछ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको