समाचार
प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल र संयुक्त राष्ट्र संघीय विपद् व्यवस्थापनबीच अन्तरक्रिया सम्पन्न

काठमाडौं—नेपालको सबै सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल एसोसिएसन अफ नेपाल र संयुक्त राष्ट्र संघीय विपद् व्यवस्थापनबीच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार विभिन्न जिल्लाका सामुदायिक विद्यालयका ३० जनाभन्दा बढी प्राधानाध्यापकको उपस्थितीमा शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय ठहिटीमा उक्त अन्तक्रिया सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा विद्यालयको सर्वाङगीण विकासका लागि छलफल भएको थियो । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथीहरु काठमाडौं महानगरपालिकाका नगर योजना आयोगका सदस्य ई. शैलेन्द्र झाले काठमाडौं महानगरबाट सञ्चालित शिक्षा सम्बन्धी कार्यक्रम तथा भावि योजना प्रस्तुत गर्दै परिवर्तित अवस्थामा नयाँ ढंगबाट अगाडि बढिरहेको बताए । काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रको विकास र उन्नयनको लागि गरेका गौरवका परियोजना, स्वर्णिम योजना, बुक फ्रि फ्राइडे तथा अन्य समसामयिक विषयहरुबारे प्रस्तुती दिएका थिए ।
वेयरका कार्यक्रम निर्देशक ग्यारी डेला पोलमिराई, गणतन्त्र कोरिया, ईन्चोन महानगरपालिका प्रशासनिक अधिकारी सियोङमी डो, बुईन आधारभूत विद्यालयका प्रधानाध्यापक ह्युनगुन किमलगायतले विद्यालयलाई विपद्बाट कसरी बचाउने, ग्रीन स्कुल र सेफ्टी स्कुल बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।
सो अन्तरक्रियामा युएनडिआरआर ओनिय एण्ड गेटीका एडमिनिष्ट्रेटीभ एसिस्टेण्ट हि दोङ्ग सिनले विपद व्यवस्थापनमा क्षमता विकासदेखि कार्यक्रम कार्यन्वयनका बारेमा जानकारी दिए । प्रोग्राम म्यानेजमेन्ट अफिसर युएनडिआरआर ओनिय एण्ड गेटीका प्रोग्राम म्यानेजमेन्ट अफिसर दारिया मोख्नाचेभाले युएनडिआरआरको परिचय, क्षमता अभिवृद्धि कार्यक्रम तथा कोरियाका विद्यालयमा विपद्का कक्षा तथा गतिविधीहरु के कसरी सञ्चालन हुन्छन् भनेर प्रस्तुतीकरण दिए ।
एमओआइएसका निर्देशक श्री ह्युनजुन जङ्गले विपद् व्यवस्थापनको आवश्यकता र महत्व तथा फाइदाका बारेमा स्पष्ट पारे । कोरियाका करिम इलेमेन्टरी स्कुलका प्रधानाध्यापक ह्युनगुन किमले शिक्षक तथा विद्यार्थीहरुका अनुभवका बारेमा बताए ।
वेयर संस्थाका प्रोग्राम डाइरेक्टर गेयारी डे ला पोमेरोइले वेयर तथा कार्यशालाले गरेका क्रियाकलाप तथा गतिविधीका बारेमा स्पष्ट पारे । अन्तक्रियामा बोल्दै युएनएफआरआरकी प्रोग्राम म्यानेजमेन्ट अफिसर दारिया मोख्नाचेभाले भविष्यमा प्यान नेपालसँग सहकार्य गरेर विद्यालय शिक्षामा प्रकोप तथा शैक्षिक कार्यक्रममा सहयोग गर्ने बताए ।
उक्त कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्य ज्ञानु खड्का, शान्ति शिक्षा मन्दिर मावि, ठहिटीका वि.व्य.स. अध्यक्ष नारायण दास मानन्धरको पनि उपस्थिति रहेको थियो । वेयरका अध्यक्ष रामप्रसाद सुवेदी, सदस्य मेरिना लामा, कार्यशाला संस्थाका पुजा खनाल र उज्वल श्रेष्ठलगायत विशेष अतिथिहरुको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका बोर्ड सदस्य बेगबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने शितला माध्यमिक विद्यालय, बालाजुका प्रधानाध्यापक तथा प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका महासचिव लक्ष्मण श्रेष्ठले संस्थाको लक्ष्य,उद्देश्य र योजना तथा भावि कार्यक्रमका बारेमा प्रस्तुति दिएका थिए ।
प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल विद्यालयहरु बीच निरन्तर सिकाइ, सहकार्य, प्रभावकारी नेतृत्व, वकालत र शैक्षिक उत्कृष्टतालाई बढावा दिने उद्देश्यका साथ देशभरका ३० हजार भन्दा बढी सामुदायिक विद्यालयहरुमा कार्यरत प्रधानाध्यापकहरुको गैरराजनीतिक र गैर नाफामुलक संस्था हो ।
ताजा अपडेट
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपालका २५ अब्बल माविहरू
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
- बोर्डको बैठक बोलाइयो, एसईईको नतिजा प्रकाशनबारे निर्णय लिने
- कहिले आउला एसईईको नतिजा ? यस्तो छ बोर्डको तयारी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
तपाईको प्रतिक्रिया