फेरि आन्दोलनमा उत्रिए बालविकास शिक्षक र विद्यालय कर्मचारी
काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका सामुदायिक विद्यालयका कर्मचारी र प्रारम्भीक बालविकास सहजकर्ता (इसीडी शिक्षक)हरु पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारबाट प्राप्त हुने सेवा सुविधा माग गर्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र इसीडी शिक्षकहरु आन्दोलनमा होमिएका हुन् ।
नगरपालिकाले गत आर्थिक वर्षको दुई त्रैमासिकको तलब नदिएको कर्मचारी तथा शिक्षकले बताएका छन् । सोमबार विहानदेखि बेलुकीसम्म धर्नामा बसेका कर्मचारी र शिक्षकले माग पूरा नभएसम्म धर्ना दिने बताए ।
संघर्ष समितिका अध्यक्ष विद्यालय कर्मचारी इन्द्र नारायण राउतले नेतृत्व गरेको सो धर्ना कार्यक्रमा ५७ जना विद्यालय कर्मचारी र इसीडी शिक्षक सहभागी थिए ।
नगरका शिक्षा शाखा अधिकृत हरि नारायण शाहले बिनाकारण कर्मचारी तथा शिक्षकको हाजिरी काटेर दैनिकी तलब कटौती गर्ने र लामो समयसम्म तलब नदिने विरुद्ध धर्नामा बसेको राउतले बताए ।
ताजा अपडेट
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया