तेस्रो रिलायन्स विज्ञान प्रदर्शनी सम्पन्न, आगामी वर्ष प्रदेशस्तरीय प्रदर्शनी गर्ने प्रतिवद्धता
काठमाडौं । चावहिलस्थित रिलायन्स कलेजमा तेस्रो काठमाडौं उपत्यकाव्यापी विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौं उपत्यकाका झण्डै दुई दर्जन स्कूल कलेजहरुको सहभागिता रहेको सो प्रदर्शनीलाई आज शनिबार समापन गरिएको हो ।
उक्त समापन समारोहमा त्रिभुवन विश्वविद्ययालय विज्ञान तथा प्रविधि संस्थानका डिन प्रा.डा विनिल अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष तथा कलेज प्रिन्सिपल रविन्द्रजङ्ग थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका विज्ञान संकायका संयोजक यादव पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको थियो । प्रदर्शनीमा करिब ४५ वटा विद्यालयका चार हजार जना विद्यार्थीले ४२ ओटा स्टलको अवलोकन गरेको कलेजका सह–प्रधानाध्यापक नन्दुप्रसाद कुशुवाहाले जानकारी दिए ।
प्रमुख अतिथि प्रा. डा. अर्यालले रिलायन्स कलेज शिक्षा क्षेत्रमा आफैं सधैँ केही न केही सृजनशील र विद्यार्थी केन्द्रित गतिविधी गर्नमा अब्बल रहेको बताए । समापन समारोहको अध्यक्षता गरेका रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष तथा कलेजका प्रिन्सिपल रविन्द्रजङ्ग थापाले आगामी वर्षको विज्ञान प्रदर्शनी वागमती प्रदेशस्तरीय गरिने बताए ।
यसैगरी, कलेजका सञ्चालक एवं सिनियर चार्टड एकाउन्टेट राजु कुमार शिवाकोटीले यो प्रदर्शनीले विद्यार्थीमा खोज अनुसन्धानमा जाग्रित गराउने बताए ।समापन समारोहमा होटेल म्यानेजमेण्ट विभागका अध्यक्ष बिबि क्षेत्रीले समेत आफ्नो धारणा राखेका थिए ।
यसै समारोहमा रिलायन्स सिंगिङ आइडल चौंथो शृङ्खलाको ग्राण्ड फिनालेसमेत सम्पन्न गरिएको छ । जसमा कक्षा १२ का प्रशान्त खातीले प्रथम स्थान हात पारृका छन् । त्यस्तै, कक्षा १२ कै सुवेश तामाङ्गले द्वितीय स्थान हासिल गर्दा कक्षा ११ की दृष्टि कुलुङ्ग तृतीय भएकी थिइन् ।
कलेजको साइन्स एण्ड आइटी क्लबको सक्रियतामा विज्ञान प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको कलेजका इसीए÷सीसीए संयोजक गोविन्द ढकालले बताए । कार्यक्रममा क्लबकी सचिव छिरिङ्ग पाल्देन शेर्पाले सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
समापन समारोहमा सक्रिय रुपमा भुमिका खेल्ने सबै विद्यार्थी तथा शिक्षक कर्मचारी वर्गलाई प्रशंशा पत्र पदान गरिएको थियो ।
त्यस्तै, विज्ञान प्रदर्शनीमा स्कुल प्रोजेक्ट कम्पिटिसन अन्तर्गत रिलायन्स इन्टरनेशनल एकेडेमी (स्कुल विङ्ग्स)ले प्रथम स्थान हासिल गरेको छ । भने, रिपुमर्दिनी सैनिक महाविद्यालय दोस्रो र रिलायन्स पब्लिक स्कुल तेस्रो भएको थियो ।
प्रदर्शनीमा रिलायन्स एजुकेशन नेटवर्ककका सञ्चालक एवं रिलायन्स इन्टरनेशनल एकेडेमी प्रधानाध्यापक खेमलाल भुषाल, नेटवर्कका सञ्चालक भुवनेस्वरी पराजुली, नेटवर्ककका सञ्चालक तथा संस्कृति विभागका प्रमुख दामोदर निरौला, सञ्चालक एवम् रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछाने, रिलायन्स को एडका प्रधानाध्यापक दशरथ ज्ञवाली लगायत नेटवर्कका विभिन्न विद्यालय तथा कलेजका संयोजकहरुको उपस्थिति रहेको थियो । समापन समाराहको सञ्चालन कक्षा १२ का विद्यार्थी अभिषेक श्रेष्ठले गरेका थिए ।
ताजा अपडेट
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
- डा. गोविन्द केसीले तोडे अनसन
- एमबीएस प्रश्नपत्र काण्ड : परीक्षा सुरु भएको मिनेटमै प्रश्न बाहिरियो, सिआइबीले गर्यो पक्राउ
- अष्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालयकी स्नातकोत्तर प्रतिमा खड्का मिस नेपाल २०२६ को प्रतिस्पर्धामा
- डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढी पुगे
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया