Techie IT
  • शुक्रबार, असार २७, २०८२ / Saturday, July 12, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारत्रिविले सच्याएर पुनः सार्वजनिक गर्यो स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका

त्रिविले सच्याएर पुनः सार्वजनिक गर्यो स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्याएर पुनः सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक तालिकामा ३० गतेसम्मको चैत महिनामा ३१ गते पनि परीक्षा राखेको भेटिएपछि पनिकाले सच्याएर पुनः सार्वजनिक गरेको हो ।

शुक्रबार सार्वजनिक सूचनामा अनुसार चैत २८ गतेदेखि हुने भनिएको परीक्षामा चैत ३१ गते पनि परीक्षा राखिएको थियो । चैतको महिना ३० गतेसम्म मात्रै रहेकाले उक्त परीक्षा तालिकालाई लिएर त्रिविको चौतर्फी आलोचना भएको थियो ।

त्रिविले शनिबार पुनः तालिका सच्याएर सार्वजनिक गरेको हो । यसअघि चैत ३१ गतेका लागि राखिएको माईक्रोईक्नोमिक्स फर बिजनेस विषयको परीक्षा अब २०८१ वैशाख २ गते हुनेछ । परीक्षा दिउसो १२ बजेदेखि ३ बजेसम्म हुने पनिकाले जनाएको छ ।

परीक्षा दिने केही विद्यार्थीको परीक्षा आवेदन फाराम छुटेको पाएकाले चैत ८ गतेभित्र भर्न समय दिएको छ । उक्त समयभित्र दोब्बर दस्तुर तिरेर सम्बन्धित क्याम्पसमार्फत परीक्षा आवेदन फाराम बुझाउनुपर्ने पनिकाले जनाएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको