Techie IT
  • शनिबार, साउन १२, २०८१ / Saturday, July 27, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचार५ वर्षभित्र आधारभूत शिक्षा सुनिश्चित गर्ने सरकारको घोषणा

५ वर्षभित्र आधारभूत शिक्षा सुनिश्चित गर्ने सरकारको घोषणा


 

काठमाडौं । सरकारले अगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्ति सुनिश्चित गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले अगामी सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउँदै विद्यालय बाहिर रहेका बालबालिकालाई अनौपचारिक शिक्षा प्रदान गरिने बताएका हुन् ।

उनका अनुसार प्रारम्भिक तथा बालविकास शिक्षा प्रणालीलाई परिमार्जित गरिने नीति सरकारले लिनेछ ।

जेष्ठ नागरिकका तर्फबाट नयाँ पुस्ताका बालबालिका तथा युवा वर्गमा ज्ञान, सीप तथा अनुभव पुस्तान्तरण आवश्यक प्रबन्ध गरिने पौडेलले बताए ।

त्यस्तै, विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाई शिक्षण सिकाइमा रहेको असमानता कम गर्ने पनि सरकारको नीति रहेको राष्ट्रपति पौडेलले पढेर सुनाए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट