Techie IT
  • सोमबार, भदौ ९, २०८२ / Tuesday, August 26, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारसामुदायिक विद्यालयले भाडामा लगाएका सटरमा महानगरको ताला

सामुदायिक विद्यालयले भाडामा लगाएका सटरमा महानगरको ताला


काठमाडौं—काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको छ । महानगरले सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि सटर भाडामा लगाउन नपाउने नीतिअनुसार ताला लगाएको जनाएको छ ।

महानगरपालिकाका मेयर बालेन शाह निर्वाचित भएपछि उनले व्यापक सुधारका कामहरु गर्दै आएका छन् । सामुदायिक विद्यालयका सटरहरु भाडामा लगाएर पैसा कमाउने कदम विरुद्ध एक्सनमा उत्रिएपछि उनको थप चर्चा चुलिएको छ ।

महानगरको शिक्षा विभाग र महानगर प्रहरीले टोलीले आइतबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएरका सटरहरु बन्द गराएको हो । सोमबार नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयसहित भाडामा लगाएका सटरमा ताला लगाएको हो ।

महानगरभित्रका ३७ वटा सामुदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द गर्ने बालेन टोली एक्सनमा छ । भाडामा लगाएका सामुदायिक विद्यालयका ठाउँहरुलाई अध्यापन र अन्य क्रियाकलापमा प्रयोग गरिनेछ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको