रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
काठमाडौं । उच्च शिक्षा अध्ययनको संघारमा रहेका विद्यार्थीलाई करिअर, विषय छनोट र भविष्यका अवसरबारे स्पष्ट मार्गदर्शन दिने उद्देश्यले रिलायन्स कलेजले ‘रिलायन्स करिअर टक–२०८३’ कार्यक्रम सम्पन्न गरेको छ।
रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गत सञ्चालित चाबहिलस्थित रिलायन्स कलेजले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले विद्यार्थी जीवनका अनुभव, करिअर निर्माणका चुनौती, अवसर तथा कुन विषय किन र कसरी अध्ययन गर्ने भन्ने विषयमा आफ्ना अनुभव र धारणा साझा गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि वक्ताहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो भविष्य, अध्ययन र करिअरसँग सम्बन्धित जिज्ञासा राखेका थिए ।

कलेजका अनुसार ‘Education and Employment’ भन्ने मूल नारालाई केन्द्रमा राख्दै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारी बजारका लागि सक्षम बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। कलेजले हाल BBS, BBA, BA, BSW, BCA, BSc CSIT, MBS, MBA तथा CA लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेकाे प्यानल छलफल मा सीएनएन हिरो पुष्पा बस्नेत, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज ज्ञवाली तथा रिगो नेपालका CEO मुकुन्द पोखरेल सहभागी थिए। उनीहरूले आफ्नो संघर्ष, सफलता र बदलिँदो रोजगार बजारको आवश्यकता अनुसार विद्यार्थीले आफूलाई कसरी तयार गर्नुपर्छ भन्ने विषयमा अनुभव सुनाएका थिए । छलफलको सहजीकरण पूर्व मिस नेपाल सुगारिका केसी ले गरेकी थिइन् ।

कार्यक्रममा काउन्सिलिङ तथा एड्मिसन डेस्क, फुड स्टल तथा रिफ्रेसमेन्ट, म्युजिक एन्ड इन्टरटेनमेन्ट डेस्कसहित विभिन्न १३ वटा स्टल राखिएका थिए। कार्यक्रममा १,५०० भन्दा बढी विद्यार्थी सहभागी भएको कलेजले जनाएको छ ।
कार्यक्रमका सभापति तथा रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले यस्ता कार्यक्रमले भविष्यको विषयमा अन्योलमा रहेका विद्यार्थीलाई सही निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले रिलायन्सबाट अध्ययन गरेका विद्यार्थीहरू अहिले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास र करिअर योजना बनाउन थप ऊर्जा दिने बताए ।
कार्यक्रमको सञ्चालन कलेजका ईसीए/सीसीए कोअर्डिनेटर गोविन्द ढकाल ले गरेका थिए । रिलायन्स कलेजले आगामी दिनमा पनि विद्यार्थीको व्यक्तिगत, शैक्षिक तथा व्यावसायिक विकासलाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया