आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
काठमाडौं । मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) अन्तर्गतको रोबोटिक्स तथा इन्टरनेट अफ थिङ्स (IoT) क्लब इनोभेक्स एमआईटी ले काठमाडौं विश्वविद्यालयद्वारा आयोजित राष्ट्रियस्तरको प्रविधि तथा नवप्रवर्तन प्रतियोगिता ‘आविष्कार ‘२६’ मा दुई विधामा प्रथम स्थान हासिल गर्दै उल्लेखनीय सफलता हात पारेको छ ।
असार २२ र २३ गते (जुलाई ७–८) काठमाडौं विश्वविद्यालयमा सम्पन्न प्रतियोगितामा इनोभेक्स एमआईटीले १५ केजी रोबो वार तथा एक्वा रश विधामा उत्कृष्ट प्रदर्शन गर्दै दुवै प्रतियोगिताको उपाधि जितेको हो ।
छोटो समयअघि मात्रै स्थापना भएको क्लबले पहिलो सहभागितामै राष्ट्रियस्तरको प्रतिष्ठित प्रतियोगितामा दोहोरो उपाधि जित्नु संस्थाका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । क्लबको यो सफलताले सदस्यहरूको प्राविधिक दक्षता, सिर्जनात्मक सोच, अनुसन्धानप्रतिको लगाव तथा नवप्रवर्तन क्षमतालाई उजागर गरेको छ ।
प्रतियोगितामा हासिल गरेको यो उपलब्धिले इनोभेक्स एमआईटीलाई नेपालको रोबोटिक्स तथा इन्जिनियरिङ क्षेत्रमा उदाउँदो र प्रतिस्पर्धी टोलीका रूपमा स्थापित गरेको छ । साथै, आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ प्रभावशाली उपस्थिति जनाउने विश्वाससमेत बढाएको छ ।
इनोभेक्स एमआईटीका सम्पूर्ण सदस्य, प्रशिक्षक तथा सहयोगी टोलीलाई उक्त सफलताका लागि बधाई ज्ञापन गर्दै आगामी यात्रामा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गरिएको छ ।
ताजा अपडेट
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया