समाचार
लिंकन युनिभर्सिटीको सम्बन्धन लिएका नेपाली कलेजले दीक्षान्त समारोह गर्दै
काठमाडौं—मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई लिंकन दीक्षान्त समारोह २०२३ हुने भएको छ । विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह हुन लागेको हो ।
कार्यक्रम ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावरी ललितपुरमा २०८० को बैशाख १६ गते हुने जानकारी दिएको छ ।
यस वर्ष एक हजार पाँच सय विद्यार्थीले दीक्षित गर्न कार्यक्रम भाग लिने बताइएको छ । दीक्षान्त समारोहमा सहभागी हुनको लागि धधध।अयलखयअबतष्यल।गिअबल।यचन।लउ मार्फत यहि चैत १६ गतेदेखि २० गतेसम्म दर्ता गर्न पाउने बताइएको छ ।
सन् २००२ मा मलेसियामा स्थापित लिंकन युनिभर्सिटीले नेपालमा पहिलो पटक फिनिक्स कलेज अफ मेनेजमेन्टलाई सन् २०१३ मा सम्बन्धन दिएको थियो ।
हाल लिङ्कन युनिभर्सिटी कलेजबाट सम्बन्धन लिएर काठमाडौं, ललितपुर, विर्तामोड, विराटनगर, बुटवल, पोखरा लगायतका शहरमा ११ वटा कलेजहरू सञ्चालित छन् । यी कलेजहरूले बिबिए, एमबिए र विएचए. प्रोग्रामहरू सञ्चालन गरिरहेका छन् ।
पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरू विदेश गइरहेको सन्दर्भमा लिंकन युनिभर्सिटी कलेजले नेपालभित्रै अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया