समाचार
लिंकन युनिभर्सिटीको सम्बन्धन लिएका नेपाली कलेजले दीक्षान्त समारोह गर्दै

काठमाडौं—मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई लिंकन दीक्षान्त समारोह २०२३ हुने भएको छ । विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह हुन लागेको हो ।
कार्यक्रम ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावरी ललितपुरमा २०८० को बैशाख १६ गते हुने जानकारी दिएको छ ।
यस वर्ष एक हजार पाँच सय विद्यार्थीले दीक्षित गर्न कार्यक्रम भाग लिने बताइएको छ । दीक्षान्त समारोहमा सहभागी हुनको लागि धधध।अयलखयअबतष्यल।गिअबल।यचन।लउ मार्फत यहि चैत १६ गतेदेखि २० गतेसम्म दर्ता गर्न पाउने बताइएको छ ।
सन् २००२ मा मलेसियामा स्थापित लिंकन युनिभर्सिटीले नेपालमा पहिलो पटक फिनिक्स कलेज अफ मेनेजमेन्टलाई सन् २०१३ मा सम्बन्धन दिएको थियो ।
हाल लिङ्कन युनिभर्सिटी कलेजबाट सम्बन्धन लिएर काठमाडौं, ललितपुर, विर्तामोड, विराटनगर, बुटवल, पोखरा लगायतका शहरमा ११ वटा कलेजहरू सञ्चालित छन् । यी कलेजहरूले बिबिए, एमबिए र विएचए. प्रोग्रामहरू सञ्चालन गरिरहेका छन् ।
पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरू विदेश गइरहेको सन्दर्भमा लिंकन युनिभर्सिटी कलेजले नेपालभित्रै अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया