ग्लोबल कलेजले उत्कृष्ट २५ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिँदै, असार १७ गतेदेखि प्रवेश परीक्षा

काठमाडौं । मध्यबानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टले २५ जना उत्कृष्ट विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएको छ । कलेजले कक्षा ११ र १२ अध्ययनका लागि उत्कृष्ट २५ जनालाई पूर्ण छात्रवृत्ति दिन लागेको हो ।
कलेजले प्रदान गर्न लागेको उक्त छात्रवृत्तिमा भर्खरै एसईई उत्तीर्ण विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाइरहेको कलेजका प्रिन्सिपल अम्बादत्त जोशीले जानकारी दिए । देशभरकै अब्बल माविको सूचीमा पर्दै आएको यस कलेजले विज्ञानतर्फको असार १७ र व्यवस्थापनतर्फ १८ गते प्रवेश परीक्षा सञ्चालन गर्दैछ । उक्त परीक्षामा राम्रो अंक ल्याउने उत्कृष्ट २५ जनालाई विज्ञान विषय अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल जोशीले जानकारी दिए । ‘व्यवस्थापन तथा विज्ञान दुवै समूहमा जीपीएलाई मूल आधार मानी मेरिट प्रणालीद्वारा आंशिक छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘विज्ञान विषयको प्रवेश परीक्षाको नतिजामा ४०% भन्दा बढी अङ्क प्राप्त गर्ने सबै विद्यार्थी भर्नाका लागि योग्य मानिनेछन् ।’
कलेजले परीक्षाका लागि चाहिने नमुना प्रश्नपत्रको पुस्तकसमेत उपलब्ध गराएको छ । भने। परीक्षा समय लगायतका आवश्यक जानकारी एसएमएस तथा फोनमार्फत जानकारी दिने व्यवस्था मिलाइएको कलेजले जनाएको छ ।
उसो त यतिबेला ग्लोबल कलेजमा आउने र आवेदन दिने विद्यार्थीहरुको ठूलो चाप बढेको छ । उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक, प्रविधिमैत्री कक्षाकोठा, उपयुक्त लोकेशन, अत्याधुनिक विषयगत प्रयोगशाला जस्ता कुराले ग्लोबलप्रति विद्यार्थी तथा अभिभावकको चासो बढिरहेको छ ।
यसैगरी, ग्लोबलको अर्को सशक्त पक्ष भनेको विद्यार्थी केयरिङ पनि हो । पढाई होस् या अतिरिक्त क्रियाकलापमा अब्बल र कमजोर विद्यार्थीलाई पहिचान गरी उनीहरुलाई आवश्यक सहजिकरण गर्दै आएको जोशी बताउँछन् ।
त्यस्तै, अतिरिक्त क्रियाकलापमा पनि ग्लोबल कलेज अरु भन्दा भिन्नै छ । पर्याप्त खेल मैदान र पूर्वाधारको राम्रो व्यवस्था रहेको कलेजले जनाएको छ । ‘हामी कहाँ फुटसल, बास्केट बल तथा क्रिकेटलगायतका खेलको अभ्यासका लागि खेल मैदान तथा भौतिक सुविधाको भरपूर उपयोग गर्न सकिने व्यवस्था छ,’ जोशीले भने ।
ताजा अपडेट
- काठमाडौं महानगरको छात्रवृत्तिका लागि १७ हजारभन्दा बढी विद्यार्थीले दिए आवेदन, कुन विषयमा कति ?
- सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड रुपैयाँ बजेट स्वीकृत
- राजर्षि विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख रुपैयाँ बजेट स्वीकृत
- मध्यपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ३६ करोड बजेट स्वीकृत
- काठमाडौं महानगरले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि ल्यायो यस्तो कार्यक्रम
- नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान
- नर्सिङ अध्ययन गर्न चाहनेलाई गोकर्णेश्वर नगरपालिकाले ५० प्रतिशत छात्रवृत्ति दिने
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकमाथि त्रिविको डण्डा, झण्डै २ अर्ब निवृत्तिभरण कोषमा जम्मा हुँदै
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया