सेन्ट लरेन्स कलेजद्वारा २८ औँ ब्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजले कक्षा ११ का भर्ना भएका २८ औँ ब्याचका विद्यार्थीलाई अभिमुखीकरण एवम् परामर्श कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक भव्य समारोहकाबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक एवम् मनोरञ्जनात्मक कला प्रस्तुत गरेका थिए ।
२८ औँ वर्षको उकालीमा लागेको सेन्ट लरेन्स लामो समयदेखि देशभरकै उत्कृष्ट माविको सूचिमा पर्दै आएको छ । उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा जोड, कुशल व्यवस्थापनका कारण सेन्ट लरेन्स वर्षेनी सयौँ विद्यार्थीको रोजाईमा पर्दै आएको छ ।
कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले अतिथि र नवआगन्तुक विद्यार्थीलाई मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै सुवेदीले एसईई उत्तिर्ण गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई बधाई दिँदै उच्च शिक्षाको सफलताको कामना गरे । ‘अबको दुईवर्ष तपाईंहरु हामीसँगै हुनुहुनेछ,’ उनले भने, ‘तपाईंहरुको एकेडेमिक र अतिरिक्त क्रियाकलापमा हामी सँगसँगै हुनेछौँ ।’
यसैगरी, सेन्ट लरेन्स कलेजमा अध्ययन गरेपश्चात उच्च शिक्षाका लागि जाँदै गर्दा दुई वर्षको बसाई उपलब्धिमुलक हुने आशा लिएको विश्वाससमेत व्यक्त गरे । अभिभावकसहित उपस्थित अभिमुखीकरण कार्यक्रममा सुवेदीले विद्यार्थीलाई आफूले रुचि र चाहना भएको विषयमा अध्ययन गर्न सुझाव समेत दिए । ‘आज कुनै विषयमा अध्ययन गर्नका लागि भोलिको स्कोप हेर्ने चलन छ त्यो राम्रो होइन,’ उनले भने, ‘जुन विषयमा आफ्नो रुचि छ त्यो विषय राम्रोसँग अध्ययन गर्ने हो भने त्यसमा ठूलो सफलता हासिल गर्न सकिन्छ ।’ अरुले स्कोप छ भन्दै सुझाव दिएका आधारमा विषय छनोट गरेर भोलि पढ्न सकिएन भने त्यसको कुनै औचित्य नहुने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै सुवेदीले सेन्ट लरेन्स जीवन विज्ञान सिकाउने पाठशाला भएको समेत बताए । ‘सेन्ट लरेन्समा किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन्छौँ,’ उनले भने, ‘हामीले विद्यार्थीलाई नौ वटा क्लबमा आवद्ध गराएर विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागि हुन प्रोत्साहन गरिरहेका हुन्छौँ ।’
त्यस्तै, कक्षा १२ की छात्रा दीपिका पालले आफ्नो एक वर्षको अनुभव साटेकी थिइन् । साथै, उनले कक्षा ११ मा भर्ना नवआगन्तु विद्यार्थीलाई स्वागतसमेत गरिन् । ‘गत वर्ष एसईई उत्तिर्ण गरेपछि म पनि कता कता उत्साहित, निराश, दोधार सबै थिएँ । तर, मभित्र सपना र इच्छाशक्ति पनि त्यत्तिकै थियो,’ उनले भनिन्, ‘जब म सेन्ट लरेन्समा भर्ना भएँ आजका दिनसम्म निराश हुनुपरेको छैन ।’
उनी अघि भन्दै थिइन्, ‘सेन्ट लरेन्सले मैले सोचेभन्दा धेरै राम्रो शिक्षा दिएको छ । यहाँको एकेडेमिक अनि एक्स्ट्रा करिकुलम एक्टिभिटिज अनि पारिवारिक वातावरणले मलाई सधैं प्रफुल्लित बनाइरहेको छ ।’
त्यस्तै, कक्षा ११ मा भर्ना भएकी प्रिती पौडेलले अभिमुखिकरण तथा परामर्श कार्यक्रम राखेकोमा कलेजलाई धन्यवाद दिइन् । पौडेल एसईईमा ४ जीपिए प्राप्त गरेकी छात्रा हुन् । उनी विज्ञान संकाय अध्ययनका लागि सेन्ट लरेन्स भर्ना भएकी हुन् ।
यसैगरी, कार्यक्रमको मोटिभेस्नल एवम् काउन्सिलिङ सेसनमा मोटिभेटर डा. तारा जीले ले झण्डै २ घण्टा प्रस्तुति दिएका थिए ।
कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अबको दुई वर्ष जीवनकै अविस्मरणीय हुने बताए । ‘तपाईंहरु थुप्रै वर्ष स्कुले जीवन पार गरेर शिक्षाको नयाँ यात्रा शुरु गर्नुभएको छ,’ उनले भने, ‘यो यात्रामा तपाईंहरुलाई साथ दिन सेन्ट लरेन्स कटिबद्ध भएर लाग्ने प्रण गर्दछु ।’
साथै, सेन्ट लरेन्सले आजका दिनसम्म पाएको सफलतामा विद्यार्थी, शिक्षक, अभिभावक, कलेज व्यवस्थापन सबैको हात रहेको बताए । ‘हामी देशभरकै उत्कृष्ट माविभित्र पर्दै आएका छौँ,’ उनले भने, ‘यो हामी सबैको साथले भएको हो ।’
त्यसैगरी, कलेजका एकेडेमिक इन्चार्ज नवराज भण्डारीले कलेजको आचारसंहितासहित विद्यार्थीले के गर्न हुने के नहुने भन्ने बारे प्रष्ट पारेका थिए । कार्यक्रममा उनले कलेजले वर्षभरी गर्ने कार्यक्रमका बारेमा समेत अवगत गराएका थिए ।
कलेजका अध्यक्ष केशवप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा सयौँ विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष दंगालले सेन्ट लरेन्सलाई प्लस टु अध्ययनको उत्कृष्ट गन्तव्यका रुपमा छानेर भर्ना भएका सबैलाई धन्यवाद दिएका थिए ।
सेन्ट लरेन्सलाई विगतमा जस्तै यसवर्ष पनि पूर्व मेची देखि पश्चिम महाकालीसम्मका विद्यार्थीले आफ्नो आगामी शिक्षाको गन्तव्य बनाएको उनले बताए । त्यसैले यो दुई वर्षको अवधिमा विद्यार्थीले विविध भूभाग, संस्कृतिबाट आएका विद्यार्थीमा रहेको प्रतिभालाई अझै प्रस्फुटन गर्दै शैक्षिक गतिविधि अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरे । ‘हामी कहाँ विभिन्न क्षेत्रबाट विविध प्रतिभा भएका विद्यार्थीहरु आउनुभएको छ,’ उनले भने, ‘हामी उहाँहरुको प्रतिभालाई उजागर गर्दै शैक्षिक यात्रामा सँगसँगै सहयात्रा गर्नेछौँ ।’ कार्यक्रम कलेजका शिक्षक एनके खड्काले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सेन्ट लरेन्समा अध्ययन गरी विभिन्न क्षेत्रमा सफलता हासिल गरेका विद्यार्थीहरुलाई अभिनन्दनसमेत गरिएको थियो ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया