महानगरबाट छात्रवृत्ति पाएका विद्यार्थीले कुनै पनि शुल्क तिनुपर्दैन, द्विविधामा नपर्न अनुरोध
काठमाडौं– काठमाडौं महानगरपालिकाले पूर्ण छात्रवृत्तिका विषयमा द्विविधामा नपर्न विद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ । महानगरले कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले कुनै पनि शुल्क तिर्न नपर्ने भएकाले द्विविधामा नपर्न अनुरोध गरेको हो ।
कतिपय कलेजले महानगरबाट छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुबाट पनि शुल्क लिन खोजेको गुनासो विद्यार्थी तथा अभिभावकबाट आएको महानगरले जनाएको छ । ‘काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति परीक्षा लिएर म्याचिङ्ग लिष्टमार्फत सिफारिस गरेका विद्यार्थीहरुले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्राप्त गर्छन्,’ महानगरले भनेको छ, ‘उनीहरुले भर्ना, प्रयोगशाशाला जस्ता कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन ।’
महानगरले अघि भनेको छ, ‘कति विद्यालयले सिफारिस गरिएका विद्यार्थीहरुसँग विभिन्न शीर्षकमा शुल्क माग गरेको भन्ने गुनासो लिएर हिजोआज विद्यार्थी र अभिभावक महानगरपालिकामा आउने गर्नुभएको छ ।’
यसर्थ, छात्रवृत्ति पूर्ण निःशुल्क हो भन्ने कुरामा द्विविधा नहुन, मनोनयन पत्र बोकेर आउने विद्यार्थीलाई कुनै शुल्क नलिई भर्ना गर्न सम्बन्धित विद्यालयहरुलाई महानगरले अनुरोध गरेको छ ।
यसैगरी, छात्रवृत्ति सिफारिस भएका विद्यार्थीलाई कुनै समस्या परेमा वा जिज्ञासा भएमा विद्यालय निरीक्षक वा स्रोत शिक्षकसँग सम्पर्क गरेर सहयोग लिनसमेत महानगरको अनुरोध छ ।
कसलाई गर्ने सम्पर्क ?
महानगरले विद्यार्थी तथा अभिभावकलाई भर्ना सम्बन्धि कुनै समस्या परेको खण्डमा विद्यालय निरीक्षक, वडा, स्रोत व्यक्ति वा स्रोत शिक्षकलाई सम्पर्क गर्न भन्दै सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ ।

ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया