यी तीन कलेजले स्नातक तहमा विद्यार्थी भर्ना गर्न नपाउने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौँ । विदेशी विश्वविद्यालयहरुबाट सम्बन्धन लिइ सञ्चालनमा रहेका तीनवटा कलेजलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । मन्त्रालयले काठमाडौं मध्यवानेश्वरमा रहेको ग्लोबल इन्टरनेशनल कलेज, जनकपुरस्थित कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी र खुमलटारमा रहेको नेपाल एजुकेशन फाउण्डेशन कन्र्सोटियम अफ कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको हो ।
मन्त्रालयको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको साउन २४ गतेको बैठकले विभिन्न कारण देखाउँदै यी तीन कलेजमा तत्कालका लागि विद्यार्थी भर्ना रोक लगाएको हो ।
कश्यपको समकक्षतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ । त्यस्तै ग्लोबल कलेजको सम्बन्धमा हालको सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेका कारण विद्यार्थी गर्न नमिल्ने भएको हो । नेपाल एजुकेसन फाउन्डेसनको हकमा स्थानान्तरणको प्रक्रियामा रहेकोले हाल विद्यार्थी भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ ।
योसँगै मन्त्रालयले ५६ वटा कलेजमा मात्र स्नातक तह अध्ययनका लागि भर्ना आह्वान गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको निर्णय नम्बर ४ (ख)मा मन्त्रालयबाट विभिन्न मितिमा अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखा परीक्षण र कर चुक्ता गरेका, नियमानुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिविबाट समकक्षता प्राप्त गरेका ५६ वटा कलेजको सूची सार्वजनिक गर्दै ती कलेजहरू मात्रै विद्यार्थी भर्ना गर्न अनुरोध गरिएको छ । उक्त निर्णयमा कलेजको नामसहित सम्बन्धन प्रदान र्गे विश्वविद्यालय र शिक्षण संस्थाको नामसमेत उल्लेख गरिएको छ । साथै, उक्त कलेजमा सञ्चालित कार्यक्रमका बारेमा समेत विवरणमा जनाइएको छ ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया