सबै तहका परीक्षा स्थगित गर्ने सरकारको निर्णय, त्रिविले तोक्यो अर्को मिति

काठमाडौं । सरकारले हाल सञ्चालन भइरहेका विभिन्न तहका परीक्षा तत्कालका लागि स्थगित गर्ने भएको छ । निरन्तर वर्षाका कारण देशभर बाढी र पहिरोले वितण्डा मच्चाएपछि सरकारले तत्कालाका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
निरन्तर वर्षाका कारण जनधनको क्षती भएपछि कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका थिए । सरकारको निर्णयसँगै त्रिभुवन विश्वविद्यालयले भोलि (आइतबार) हुने परीक्षा स्थगित गरी नयाँ मिति तय गरेको छ । त्यस्तै, आज हुने भनिएको कृषि, बागवानी र पशु चिकित्सा स्नातक तहको प्रवेश परीक्षा पनि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले स्थगित गरेको थियो । भारी वर्षाका कारण परीक्षा दिन आउने विद्यार्थी बाटोमै रोकिएकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
आज स्थगित गरिएको कृषि, बागवानी र पशु चिकित्सा स्नातक तहको प्रवेश परीक्षा १७ गते गर्न लागिएको निमित्त डीन डा। किशोरचन्द्र दाहालले जानकारी दिए। असोज १७ गते सानो भर्याङस्थित नेपाली सेना कृषि विज्ञान संस्थानमा परीक्षा हुनेछ। भर्ना सम्बन्धी जानकारी परीक्षापछि प्रकाशन गरिने दाहालले बताए।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयले भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारेको छ । अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिभुवन विश्वविद्यालयले भोलिका लागि तय बीएससी, बीए र बीबीए दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको हो। स्थगित गरिएका परीक्षा असोज २१ गते हुने त्रिविले जनाएको छ। स्नातकोत्तर तहको भोलि हुने परीक्षा भने यथावत रहेको त्रिविले जनाएको छ।
भोलिदेखि काठमाडौंमा हुने मेडिकल काउन्सिलको परीक्षा पनि रद्द भएको छ । मेडिकल काउन्सिलको परीक्षाका लागि देशभरबाट काठमाडौं आएका विद्यार्थी राजमार्गहरू बन्द भएका कारण बाटोमै अलपत्र छन् ।
ताजा अपडेट
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपालका २५ अब्बल माविहरू
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया