‘नेपालमा केही पनि गर्न सकिँदैन’ भन्दै प्रचार गर्ने कन्सल्टेन्सीलाई मन्त्रालयले दियो यस्तो चेतावनी
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा केही पनि गर्न सकिँदैन भन्ने भाष्य सिर्जना गरी प्रचार गर्ने शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)लाई दिएको स्वीकृती रद्ध गर्ने चेतावनी दिएको छ । मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सोमबार एक सूचना जारी गर्दै सबै निर्देशिका विपरित काम गर्ने कन्सल्टेन्सीको स्वीकृती रद्ध गर्ने चेतावनी दिएको हो ।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका, २०७३ को दफा (४) को अधिनमा रही दफा (५) बमोजिम शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा वा भाषा कक्षा सञ्चालनको अनुमति प्राप्त गरेका संस्थाहरुले सोही निर्देशिकाको दफा ७(१) बमोजिमका शर्तहरु अनिवार्य पालना गर्नुपर्ने प्रबन्ध रहेको छ ।
निर्देशिकाको दफा (७) को उपदफा (३) ले संस्थाले आफ्नो सेवासम्बन्धि प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने शर्तहरुको स्पष्ट व्याख्या गरेको छ । यद्यपि, उक्त निर्देशिकालाई नजरअन्दाज गर्दै विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जालमा भ्रम फैलाउने उद्धेश्यले प्रचार गरेको भन्दै कन्सल्टेन्सीहरुलाई निर्देशिकाको अक्षरश पालना गर्न निर्देशन दिइएको मन्त्रालयका उपसचिव सेमन्तराज कोइरालाले जानकारी दिए ।
‘निर्देशिकाका शर्तहरु पालना गर्नु संस्थाहरुको बाध्यकारी व्यवस्था भएको भएतापनि विभिन्न मिडिया लगायत सामाजिक सञ्जालहरुमा निर्देशिकाको प्र्रतिकुल हुने खालका लगायत स्थापित सामाजिक मूल्य मान्यताको प्रतिकुल तथा समाजमा विसंगती र विकृती सिर्जना गर्न खोजेको देखिने साथै नेपालमा केही पनि गर्न सकिँदैन भन्ने जस्ता सन्देश प्रवाह गरेको पाइएको छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘अनिवार्य रुपमा निर्देशित शर्तहरु पालना गर्न गराउन सूचित गरिन्छ अन्यथा संस्थालाई दिइएको स्वीकृत निर्देशिकाको ६ बमोजिम रद्ध गरी कारबाही गरिनेछ ।’
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया