शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
काठमाडौं– नयाँ बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्ट र सुकेधारास्थित मर्क्युर होटलबीच सम्झौता भएको छ ।

ब्याचलर अफ होटल म्यानेजेमन्ट (बीएचएम) अध्ययनरत विद्यार्थीलाई इन्टर्नशीप, रोजगारी र विभिन्न कार्यशाला गर्ने उद्देश्यले शुभश्री र मर्क्युरबीच सम्झौता गरिएको कलेजकी प्रिन्सिपल मनिता ओली बस्नेतले जानकारी दिइन् ।
साथै, विद्यार्थीहरुलाई हस्पिटालिटी सेवा र व्यवसाय व्यवस्थापनका क्षेत्रमा व्यावहारिक अनुभव प्रदान गर्नका लागि साझेदारका रुपमा मर्क्युर होटललाई रोजेको उनले बताइन् ।

गेष्ट लेक्चरर तथा विभिन्न वर्कशपअन्तर्गत होटल व्यवस्थापन, व्यवसाय सञ्चालन, पाककला साथै अन्य सम्बन्धित उद्योग विशेषज्ञहरुबाट तालिम प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ । कलेजले मर्क्युरसँग एक वर्षका लागि मान्य हुने गरी सम्झौता गरेको हो । आवश्यकताअनुसार नविकरण गर्दै जाने कलेजको योजना छ ।
मर्क्युर होटल एक महिनाअघिबाट सञ्चालनमा आएको पाँच तारे होटल हो । एबी होल्डिङमार्फत देशबन्धु बस्नेतले यो होटल निर्माण गरेका हुन् ।

ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया