शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
काठमाडौं– नयाँ बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्ट र सुकेधारास्थित मर्क्युर होटलबीच सम्झौता भएको छ ।

ब्याचलर अफ होटल म्यानेजेमन्ट (बीएचएम) अध्ययनरत विद्यार्थीलाई इन्टर्नशीप, रोजगारी र विभिन्न कार्यशाला गर्ने उद्देश्यले शुभश्री र मर्क्युरबीच सम्झौता गरिएको कलेजकी प्रिन्सिपल मनिता ओली बस्नेतले जानकारी दिइन् ।
साथै, विद्यार्थीहरुलाई हस्पिटालिटी सेवा र व्यवसाय व्यवस्थापनका क्षेत्रमा व्यावहारिक अनुभव प्रदान गर्नका लागि साझेदारका रुपमा मर्क्युर होटललाई रोजेको उनले बताइन् ।

गेष्ट लेक्चरर तथा विभिन्न वर्कशपअन्तर्गत होटल व्यवस्थापन, व्यवसाय सञ्चालन, पाककला साथै अन्य सम्बन्धित उद्योग विशेषज्ञहरुबाट तालिम प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ । कलेजले मर्क्युरसँग एक वर्षका लागि मान्य हुने गरी सम्झौता गरेको हो । आवश्यकताअनुसार नविकरण गर्दै जाने कलेजको योजना छ ।
मर्क्युर होटल एक महिनाअघिबाट सञ्चालनमा आएको पाँच तारे होटल हो । एबी होल्डिङमार्फत देशबन्धु बस्नेतले यो होटल निर्माण गरेका हुन् ।

ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया