रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
काठमाडौं । चावहिल सरस्वतीगनरस्थित रिलायन्स कलेजको चौथो विज्ञान तथा साहित्य मेला सम्पन्न भएको छ । आज शनिबार गते कलेजको प्राङ्गगणमा एक समारोहबीच उक्त प्रदर्शनी र मेला समापन भएको हो ।
समापन समारोहको अध्यक्षता रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजङ्ग थापाले गरेका थिए । भने, कार्यक्रममा अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख सह प्राध्यापक लोकबहादुर बराल प्रमुख अतिथिका रुपमा थिए ।
प्रमुख अतिथि बरालले रिलायन्स जस्तो उदाहरणीय संस्थाले यस प्रकारको खोज मूलक,विद्यार्थी केन्द्रित कार्यक्रम निरन्तर आयोजना गर्नु अत्यन्तै प्रशंसनीय काम रहेको बताए ।
समापन कार्यक्रमका सभापति नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजङ्ग थापाले २०८२ सालमा पनि यसै उत्साहलाई कायम हुने गरी पाँचौ विज्ञान तथा सहित्य मेला आयोजना गर्ने प्रतिवद्घता व्यक्त गरे ।
रिलायन्स एजुकेसन नेटवर्कले यस वर्षबाट साहित्य मेला समेत आयोजना गरेको छ । साहित्यकार एवं मदन पुरस्कार विजेता अमर न्यौपाने र लेखक उद्घव प्याकुरेलको उपस्थितिमा लेखकसँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको थियो । अत्यन्त प्रभावकारी सो कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्क आवद्घ विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
फाल्गुन १, २ र ३ गते आयोजना गरिएको यस विज्ञान तथा साहित्य मेलामा करिब ५२ ओटा बिद्यालयबाट ५००० भन्दा बढी विद्यार्थीहरुको अवलोकनात्मक भ्रमण समेत भएको थियो ।
विज्ञान र सूचना प्रविधि सम्बन्धित ४९ ओटा स्टलहरु राखिएको उक्त कार्यक्रम रिलायन्स साइन्स एण्ड आइ टी क्लब र रिलायन्स साहित्य क्लबको संयुक्त आयोजनामा गरिएको हो ।
विज्ञान संकायका संयोजक यादव पाण्डेको स्वागत मन्तव्यबाट ुुरु गरिएको समापन समारोहमा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा सिनियर चार्टड एकाउनटेण्ट राजुकुमार सिवाकोटीले आफ्नो मन्तव्य राख्दै विद्यार्थीलाई सिकाइमा केन्द्रित गर्न यस्ता रचनात्मक कार्यक्रमले थप टेवा पुग्ने बताए । सो समापन कार्यक्रम भन्दा अगाडि पाचौं रिलायन्स गायन प्रतियोगिता समेत भव्य रुपमा आयोजना गरिएको थियो । सूचना प्रविधिसँग सम्बन्धित ह्याकाथन प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
विज्ञान प्रदर्शनीको कलेज विधा तर्फ ट्रिनिटी कलेज तथा स्कुल विधा तर्फ रिलायन्स पब्लिक स्कूल क्रमश ः प्रथम भएका थिए । रिलायन्स साइन्स एण्ड आइ टी क्लबका सचिव आदित्य भूषण कुशवाहा तथा रिलायन्स साहित्य क्लबका उपाध्यक्ष यूनिका गुरुङ्गले क्रमश ः सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
ताजा अपडेट
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया