Techie IT
  • सोमबार, कात्तिक ३, २०८३ / Monday, October 19, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन

स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ७२ वटा आंगिक क्याम्पसमध्ये ५५ वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज (फागुन २७) गते मनोनयन दर्ता सम्पन्न भएको हो ।

त्रिवि विद्यार्थी कल्याणकारी परिषद्का अनुसार काठमाडौंको नेपाल ल, सरस्वती, पब्लिक युथ र विश्वभाषा क्याम्पसमा विद्यार्थी भर्ना लगायतका विवादका कारण मनोनयन दर्ता स्थगित भएको छ ।

त्यस्तै, मधेश प्रदेशका २ वटा क्याम्पसमा र लुम्बिनी प्रदेशको एक क्याम्पसमा मनोनयन स्थगित भएको हो । अन्य क्याम्पसमा शान्तिपूर्ण ढंगले मनोनयन दर्ता भएको परिषद्ले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको