सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
काठमाडौं । भद्रबासस्थित सहिद आदर्श क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको टीमले उम्मेदवारी दर्ता गराएको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि तिमल्सिनाको समूहले नेपाली कांग्रेस निकट भातृ संगठन नेविसंघको तर्फबाट उम्मेदवारी दर्ता गराएका हो ।
तिमल्सिनासँगै नेविसंघको तर्फबाट सचिवमा शिवप्रसाद गजुरेल (सन्तोष), कोषाध्यक्षमा सविना खड्काले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, सदस्यमा मनोज तामाङ, राजकुमार भुजेल, नवराज पराजुली, सुशान्त चौलागाईं, स्मृति नगरकोटी, राजेश्वर फुयाँल, निशान्त पुडासैनी, करुणा दाहाल, बिना बस्नेत, उषा कुइँकेल, रुपेश खनाल, रोजिना अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
शैक्षिक सुधारका साथै विद्यार्थीहरुको हक अधिकार सुनिश्चित गर्नका लागि आफूले उम्मेदवारी दिएको तिमल्सिना बताउँछन् । ‘क्याम्पसमा बढिरहेको चरम बेथितिलाई रोक्ने मेरो पहिलो प्रयास हुनेछ,’ उनले भने, ‘स्ववियुको क्षेत्राधिकारभित्र रहेर सकारात्मक काम गर्नका लागि दिलोज्यान दिएर लाग्नेछु ।’
साथै, स्ववियुलाई उदाहरणीय बनाउने समेत तिमल्सिनाको योजना छ । ‘पछिल्लो समय स्ववियु प्रति आममानिसले हेर्ने धारणा फरक बन्दै गएको छ,’ उनले भने, ‘त्यो धारणालाई चिरेर सहिद आदर्श क्याम्पसको स्ववियुलाई उदाहरणीय बनाउन योजनावद्ध तरिकाले चुनावी मैदानमा होमिएको छु ।’
त्यस्तै, अनेरास्ववियुको तर्फबाट महेश बस्नेत, सचिवमा अमृता विःक, कोषाध्यक्षमा सञ्जय नगरकोटीले उम्मेदवारी दर्ता गराएका छन् ।
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया