काठमाडौं— राजावादी आन्दोलनका क्रममा भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएका भनिएका डा. राजकुमार राई क्यापिटल कलेज अफ रिसर्च सेन्टरको निर्देशक नभएको पाइएको छ । १५ फागुनमा भएको प्रदर्शनका क्रममा भाटभटेनी लुटपाटमा संलग्न भनिएका राई सीसीआरसी कलेजको समेत निर्देशक रहेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि कलेजले उनको कलेजसँग आवद्धता नभएको दावी गरेको हो ।
कलेजका प्रिन्सिपल हरिचन्द्र लामिछानेले डा. राईले सीसीआरसी छोडेको १० वर्ष भइसकेको जानकारी दिए । ‘उहाँ भूकम्पभन्दा अघि अर्थात् २०७१ सालसम्म हाम्रो कलेजमा कार्यक्रम संयोजकका रुपमा रहेको कुरा साँचो हो,’ उनले भने, ‘तर, २०७१ साल असारदेखि उहाँ कलेजको कुनैपनि भूमिकामा हुनुहुन्न ।’
लामिछानेले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा एकतर्फी ढंगबाट समाचार आएको आपत्तिसमेत जनाए । ‘यो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘सञ्चारमाध्यमहरु जिम्मेवार नहुँदा कतिपय अवस्थामा हामीजस्ता शैक्षिक संस्थाहरुको बदनामी हुँदो रहेछ यसतर्फ सञ्चारमाध्यहरु जिम्मेवार बन्नसमेत आग्रह गर्दछु ।’
अमेरिकाबाट पिएचडीसमेत गरेका राई राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको जिल्ला सभापतिसमेत हुन् । उनले चैत १५ गते कोटेश्वरको भाटभटेनीबाट महंगा ब्रान्डका ब्ल्याकलेबल, ब्यू लेबल जस्ता ह्वीस्की चोर्दै गरेको सीसीटीभी फुटेजका आधारमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
ताजा अपडेट
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया