लुटपाटमा संलग्न भनिएका डा. राई कलेजको निर्देशक नभएको सीसीआरसीको दाबी
काठमाडौं—राजावादी आन्दोलनका क्रममा भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएका भनिएका डा. राजकुमार राई क्यापिटल कलेज अफ रिसर्च सेन्टरको निर्देशक नभएको पाइएको छ । १५ फागुनमा भएको प्रदर्शनका क्रममा भाटभटेनी लुटपाटमा संलग्न भनिएका राई सीसीआरसी कलेजको समेत निर्देशक रहेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि कलेजले उनको कलेजसँग आवद्धता नभएको दावी गरेको हो ।
कलेजका प्रिन्सिपल हरिचन्द्र लामिछानेले डा. राईले सीसीआरसी छोडेको १० वर्ष भइसकेको जानकारी दिए । ‘उहाँ भूकम्पभन्दा अघि अर्थात् २०७१ सालसम्म हाम्रो कलेजमा कार्यक्रम संयोजकका रुपमा रहेको कुरा साँचो हो,’ उनले भने, ‘तर, २०७१ साल असारदेखि उहाँ कलेजको कुनैपनि भूमिकामा हुनुहुन्न ।’
लामिछानेले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा एकतर्फी ढंगबाट समाचार आएको आपत्तिसमेत जनाए । ‘यो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘सञ्चारमाध्यमहरु जिम्मेवार नहुँदा कतिपय अवस्थामा हामीजस्ता शैक्षिक संस्थाहरुको बदनामी हुँदो रहेछ यसतर्फ सञ्चारमाध्यहरु जिम्मेवार बन्नसमेत आग्रह गर्दछु ।’
अमेरिकाबाट पिएचडीसमेत गरेका राई राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको जिल्ला सभापतिसमेत हुन् । उनले चैत १५ गते कोटेश्वरको भाटभटेनीबाट महंगा ब्रान्डका ब्ल्याकलेबल, ब्यू लेबल जस्ता ह्वीस्की चोर्दै गरेको सीसीटीभी फुटेजका आधारमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
ताजा अपडेट
- एसइईपछि नतिजा पर्खिरहेका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ सुरु गर्दै मन्त्रालय
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन
- रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया