एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण
काठमाडौं । शिक्षा क्षेत्रको शुद्धीकरण र सुदृढीकरणमा संवेदनशील भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनप्रति ध्यानाकर्षण गराएको छ।
शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि माइतीघर–बानेश्वर सडक खण्डमा निरन्तर जारी आन्दोलनले विद्यालय शिक्षामा असर पारिरहेको भन्दै एन–प्याब्सनले शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै पक्षलाई यस विषयप्रति गम्भीर बन्न आग्रह गरेको छ।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, सेवा सुरक्षा सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन चर्काएका छन्। यसका कारण सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प भएको र त्यसले विद्यार्थीहरूको सिकाइमा दीर्घकालीन असर पार्न सक्ने भन्दै एन–प्याब्सनले चिन्ता व्यक्त गरेको छ। संगठनले यस्तो अवस्था नेपालको समग्र शैक्षिक विकासका लागि प्रतिकूल भएको स्पष्ट पारेको छ।
एन–प्याब्सनका अध्यक्ष गीत राणा क्षेत्रीले जारी गरेको विज्ञप्तिमा शिक्षकमाथिको कुनै अवहेलना स्वीकार्य नहुने जनाउँदै शिक्षकहरूको योगदानप्रति सम्मान व्यक्त गरिएको छ। साथै जायज मागहरूबारे गम्भीर छलफल र वार्ताबाट समाधान खोजिनुपर्नेमा जोड दिइएको छ।
सरकारलाई आन्दोलनरत शिक्षकहरूसँग तत्काल संवादको वातावरण सिर्जना गर्न र समस्याहरू समाधान गर्न इच्छाशक्ति देखाउन आग्रह गर्दै विज्ञप्तिमा सबै सरोकारवाला पक्षहरूलाई संयमित, जिम्मेवार र समाधानमुखी दृष्टिकोण अवलम्बन गर्न अपिल गरिएको छ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया