कक्षा १२ को परीक्षामा सहभागी नहुन प्रअ तथा केन्द्राध्यक्षलाई नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकको अपिल
काठमाडौं । नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकले कक्षा १२ को परीक्षामा सहभागी नहुन प्रधानाध्यापक तथा केन्द्राध्यक्षहरुलाई अपिल गरेको छ । महासंघ सिन्धुपाल्चोकले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा सहभागी नहुन अपिल गरेको हो ।
शिक्षकहरु चैत २५ गतेदेखि शिक्षा ऐनको माग गर्दै निरन्तर आन्दोलनमा छन् । शिक्षकहरुको आन्दोलनका कारण वैशाख ११ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा हुने कि नहुने भन्नेमा अन्योलता सिर्जना भइरहेको थियो । बोर्डको मंगलबार बिहान बसेको बैठकले सम्पूर्ण संयन्त्र प्रयोग गरेर भएपनि पूर्वनिर्धारित समयमै परीक्षा गर्ने निर्णय गरेसँगै शिक्षक महासंघले भने आपत्ति जनाएको थियो ।
यो आन्दोलन शिक्षक कर्मचारीहरुको मात्र नभएर नयाँ शिक्षा ऐनमार्फत विद्यालय शिक्षा प्रणालीमा अग्रगामी रुपान्तरणका लागि भएको महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमारप्रसाद खतिवडाले बताउँछन् ।
साथै, बोर्डले शिक्षकहरुको आन्दोलन चलिरहेकै समयमा कक्षा १२को परीक्षा गर्ने निर्णय गरेकोप्रति समेत महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया