Techie IT
  • सोमबार, कात्तिक ३, २०८३ / Monday, October 19, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ कक्षा १२ को परीक्षामा सहभागी नहुन प्रअ तथा केन्द्राध्यक्षलाई नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकको अपिल

कक्षा १२ को परीक्षामा सहभागी नहुन प्रअ तथा केन्द्राध्यक्षलाई नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकको अपिल


काठमाडौं । नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकले कक्षा १२ को परीक्षामा सहभागी नहुन प्रधानाध्यापक तथा केन्द्राध्यक्षहरुलाई अपिल गरेको छ । महासंघ सिन्धुपाल्चोकले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा सहभागी नहुन अपिल गरेको हो ।

शिक्षकहरु चैत २५ गतेदेखि शिक्षा ऐनको माग गर्दै निरन्तर आन्दोलनमा छन् । शिक्षकहरुको आन्दोलनका कारण वैशाख ११ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा हुने कि नहुने भन्नेमा अन्योलता सिर्जना भइरहेको थियो । बोर्डको मंगलबार बिहान बसेको बैठकले सम्पूर्ण संयन्त्र प्रयोग गरेर भएपनि पूर्वनिर्धारित समयमै परीक्षा गर्ने निर्णय गरेसँगै शिक्षक महासंघले भने आपत्ति जनाएको थियो ।

यो आन्दोलन शिक्षक कर्मचारीहरुको मात्र नभएर नयाँ शिक्षा ऐनमार्फत विद्यालय शिक्षा प्रणालीमा अग्रगामी रुपान्तरणका लागि भएको महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमारप्रसाद खतिवडाले बताउँछन् ।

साथै, बोर्डले शिक्षकहरुको आन्दोलन चलिरहेकै समयमा कक्षा १२को परीक्षा गर्ने निर्णय गरेकोप्रति समेत महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको